गुल्मीमा चिर्पट प्रहार गरी भतिजद्वारा ठूलीआमाको हत्या

तम्घास, असोज २५ गते । गुल्मीमा चिर्पट प्रहार गरी भतिजले ठूलीआमाको हत्या गरेका छन् ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १३ दुबिचौरका २५ वर्षीय प्रकाश विकले ६० वर्षीय ठुलीआमा पार्वती विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

आइतबार साँझपख चिर्पट प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेकी विककोे गुल्मी अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठूलीआमाको हत्या गर्ने प्रकाश प्रहरीको नियन्त्रण छन् । प्रकाशले ठूली आमाको व्यवहार मन नपरेर चिर्पट प्रहार गरेको प्रहरीसमक्ष बताएको भट्टराईले बताउनुभयो । शवलाई अहिले गुल्मी अस्पतामा राखिएको र केही समय पश्चात् पोष्टमार्टम् गरी आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

You can share this post!

छ दिन ढिलो गरी मनसुन बाहिरिन शुरु, पश्चिमबाट बाहिरियो

एकिकृत समाजबादी पार्टीको शुभकामना आदान प्रदान

Related posts