बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीलाई कार्यकक्षमै दुरब्यबहार

म्याग्दी । आइतबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई कार्यकक्षमै  दुरब्यबहार भएको छ ।

दिउँसो करिव १२ः४५ बजेको समयमा सुबेदी संग काम छ भन्दै कार्यकक्षमा आईपुगेका ४ जना अज्ञात ब्यक्तिहरुबाट कालो पदार्थ प्रहार गरि दुरब्यबहार गरिएको हो । कार्यकक्षमा बसेर काम गरिरहेको अबस्थामा एक्कासी भित्र छिरेर उक्त पदार्थ आफु तिर प्रहार गरेको प्रमुख प्रशासकिय अधिकृत सुबेदीले बताउनुभयो ।

यसअघि पटक पटक चन्दा मागिएको र आफुले दिन नमिल्ने भनेपछि यो घटना भएको सुबेदीले बताउनुभयो । कालो पदार्थबाट अधिकृत सुबेदी बस्ने कुर्चि, टेवल र भित्ता समेतमा असर पुगेको छ । घटना घटे लगत्तै प्रहरीको टोली सुबेदीको कार्यकक्षमा पुगेको छ ।

घटनापछि भाग्दै गरेको अबस्थामा कार्यालयमै रहेका जनप्रतिनिधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । मुगु घर बताउने अन्दाजी १९ बर्षका बिजय बिक नाम गरेको ब्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम राईले बताउनुभयो ।

घटना स्थलबाट प्रहरीले युवा संगठन नेपालको नाममा रहेको सहयोगी रसिद, १ सेट मोबाइल, घडि, कलम लगाएतका सामग्री बरामत गरको छ । घटनाको थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भई फरार रहेका ब्यक्तिहरुको खाजिकार्य भइरहेको प्रनाउ राईले बताउनुभयो ।

You can share this post!

म्याग्दीमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट्स संघ गठन

अधिकृत सुबेदीमाथि गरिएको दुरव्यवहार प्रति बेनी नगरपालिकाको घोर भत्सना

Related posts