पहिलो पटक नेपाली महिलाले गरिन् धवलागिरि हिमालको सफल आरोहण

म्याग्दी । संसारको सातौं ८१६७ मिटर अग्लो धवलागिरि हिमालको पहिलोपटक नेपाली महिलाले सफल आरोहण गर्नु भएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो ।

पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ २ असोजमा मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा जानुभएको थियो। धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेको शेर्पाले बताउनुभयो।

श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताउनुभयो । पूर्णिमाको टोलीले यसअघि ३ वैशाखमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गर्नुभएको हो । उहाँले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरिसक्नु भएको छ ।

You can share this post!

शिखमा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला बितरण

अहिलेको एमाले नेकपाकै विरासत हो ओली

Related posts