राष्ट्रिय खेलकुद प्रतियोगीता तयारीका लागि राखेप टोली म्याग्दीमा

समिर रोका
म्याग्दी, १२ असोज । आगामी फागुनमा आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता तयारीका लागि राष्ट्रिय खेलकुद परिषदको टोली मंगलबार म्याग्दी आएको छ । रोखेपका सदस्य राजेश गुरुङ्ग, गण्डकी प्रदेश राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष भोज बहादुर गुरुङ्ग सहितको टोली म्याग्दी आएको हो ।

परिषदले प्रतियोगीताका लागि पुर्वाधार निर्माण, खेल प्रशिक्षण र ब्यबस्थापकीय काम सुरु गरको छ । परिषदका सदस्य गुरुङ्गले पुर्वाधार, प्रशिक्षक, रेफ्री लगाएतका जनशक्तिको बारेमा स्थलगत अध्ययन सुरु गरको जानकारी दिनुभयो । टोलीले म्याग्दी, बाग्लुङ्ग, पर्वतका खेलमैदान निरिक्षण तथा जिल्ला खेलकुद बिकास समिति संग भेटघाट र छलफल गरेको छ । टोलीले बेनीको कालीपुलमा रहेको बास्केटबल खेलमैदान, खुल्लामञ्च र चुत्रेनीको खेलमैदानको पनि निरिक्षण गरेको छ ।

२०७७ फागुन देखि संचालन गर्ने भनिएको उक्त प्रतियोगीता कोरोनाका कारण स्थगित भएको थियो । हाल कारोना संक्रमणको अबस्था सामान्य भएको र आबश्यक पुर्वाधारको पनि तयार भएकाले प्रतियोगीता फागुन ६ देखि १६ गते सम्म संचालन गर्नका लागि राखेपले खेलकुद मन्त्रालयलाई प्रस्ताव गरेको सदस्य गुरुङ्गले बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समितिको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले जिल्लामा खेलाडि प्रशस्तै भएको तर खेल्ने ठाउँको अभाव भएको बताउनुभयो । उहाँले चुत्रेनी खेलमैदानलाई क्षेत्रीय स्तरको रंगशाला बनाउन र बेनीको खुल्ला मञ्च निर्माणमा थप बजेटको ब्यबस्थापनमा पहल गरिदिन समेत राखेपलाई आग्रह गर्नुभएको थियो ।

केसीले जिल्लामा कबड्डी, कराँते, टेकवान्डो, बास्केटबल लगाएतका खेलहरु संचालन गर्न सकिने अबस्था रहको पनि टोली समक्ष जानकारी गराउनुभएको थियो ।

 

You can share this post!

केपी ओलीको गुनासो– संविधान मिचिँदा सञ्चार माध्यम मौन

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Related posts