कस्तुरी बहुउद्देश्यीय सहकारी द्वारा नेपाल भाषा मंकाःखल लाई १ लाख बढि सहयोग

बेनी, ४ असोज । बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले नेपाल भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ । सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि रु १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष एबँ बेनी नगरपालीका वडा नं ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ र बर्तमान अध्यक्ष राजेश शाक्यले मंकाःखलका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको हो । संस्थाको सामुदायिक बिकास कोषबाट सो रकम सहयोग गरिएको प्रबन्धक लोकेश पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक बर्षको मुनाफाबाट ५ प्रतिशत रकम अनिबार्य रुपमा जम्मा गर्ने गरि उक्त कोष निर्माण गरिएको हो । बार्षिक उत्सवकै अबसरमा आर्थिक बर्ष २०७७÷०७८ मा संस्थामा लगानी गरेका नयाँ ३० जना शेयर सदस्यहरुलाई शेयर प्रमाण–पत्र पनि बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले सहकारीले सफलताका साथ स्थापनाको १३ औँ बर्षमा प्रवेश गरेकोमा शुभकामना ब्यक्त गर्नुहुँदै नाफाको केही अंश सामाजिक कार्यमा खर्चेर सहकारीले प्रसंशनीय कार्य गरको बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दर कुमार श्रेष्ठको स्वागत र सचिब बिनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

सहकारीले बार्षिक उत्सवकै अबसरमा सामुदायिक बिकास कोषबाट यस अघि पनि २०७६ सालमा ओम कुमारी शान्ति कोषलाई रु २ लाख र २०७७ मा बेनी नगरपालिकाको बिपद ब्यबस्थापनब कोषमा रु ५० हजार सहयोग गरेको थियो ।

You can share this post!

मालिकाको तीन वटा वडामा माओवादी केन्द्र र वाइसीएल पुर्नगठन

इसीडी शिक्षक र कर्मचारीद्वारा बेनी नगरपालिकालाई ज्ञापनपत्र

Related posts