अनेरास्वबियू गण्डकी प्रदेश संयोजकमा म्याग्दीका प्रकाश पौडेल

एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियूको स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश संयोजकमा म्याग्दीका प्रकाश पौडेल चयन हुनुभएको छ । शनिबार ललितपुरमा सम्पन्न केन्द्रिय सचिवालय बैठकले पौडेललाई सो पदमा चयन गरको हो ।

बालापन देखि नै जिल्लामा पार्टीको चुनावी सभाहरुमा गीत गाउँदै र अभिनय गर्दै हिडेका पौडेल २०६३ सालमा अनेरास्वबियूको जिल्ला सदस्य हुँदै बिद्यार्थी राजनितिमा प्रबेश गर्नु भएको थियो । सुरुवात देखिनै बिद्यार्थी आन्दोलनमा अग्रणी भुमिका निभाउदै आएका पौडेलले देशको शैक्षिक ब्यबस्थालाई सुधार्नका लागि जिल्लाबाटै आवाज उठाउँदै आउनु भएको थियो ।

२०७१ सालमा अनेरास्वबियूको जिल्ला अध्यक्ष भएका पौडेलले २०७२ सालमा भुकम्पले भत्काएका थुपै बिद्यालयहरुमा अस्थायी संरचना निर्माण गरि तत्कालका लागि पठनपाठन संचालन गर्ने अभियानको नेतृत्व गर्नु भएको थियो । २०७२ को अन्त्य तिर अनेरास्वबियूको केन्द्रिय सदस्यमा चुनाब मार्फत जित हाँसिल गरेका पौडेल मोफसलबाट केन्द्रिय बिद्यार्थी राजनितिमा प्रबाभ पार्न सक्ने युवा नेता हुनुहुन्छ ।

गण्डकी प्रदेशको संयोजक भएकोमा खुसी ब्यक्त गर्दै पौडेलले बिद्यार्थीको हरेक समस्या संग आफु नजिक रहने बताउनुभयो । सरकारी बिद्यालयको शैक्षिक गुणस्तरलाई माथी उकास्नका लागि पहल गर्ने बताउँदै पौडेलले राज्यले समान खालको शिक्षा निति अबलम्बन गर्नु पर्नेमा जोड दिनुभयो । बिपत्तीमा सेवा र बिभेदमा बिद्रोह गर्ने स्वभाब भएका पौडेल प्रभाबशाली बिद्यार्थी नेताका रुपमा चिनिनुहुन्छ ।

सचिवालय बैठकले आगामी चैत २२ देखि २४ गते सम्म अनेरास्वबियूको २३ औँ महाधिबेशन गर्ने निर्णय समेत गरेको छ । महाधिबेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समिक बडाल महासचिव रहेको केन्द्रिय कमिटि पुनर्गठन भएको छ ।

You can share this post!

नेपाल उत्पीडित जातिय मुक्ती समाजको नगर भेला सम्पन्नः अध्यक्षमा गोरी दर्जी

बिश्वामित्र सहकारीको अध्यक्षमा पुनः बानीयाँ चयन

Related posts