म्याग्दीमा सेतो पुतलि को प्रकोप बढ्दो

म्याग्दीमा करिव तिन साता देखि सेतो पुतलि को प्रकोप बढ्दो रुप मा देखिएको छ । आँखा मा उक्त पुतलि को झुस परेमा आँखा को ज्योति नै गुम्न सक्ने खाल को दृष्टिनासक रोग सापु(सिजनल हाईपर एक्युट प्यान युभिआईटिस) हुन सक्ने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दि का नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र म्याग्दि मा आउने अधिकांश बिरामि हरुमा उक्त पुतलि को संक्रमण देखिएको र आँखा उपचार केन्द्र बाट प्राथमिक उपचार गरि अहिले सम्म चार जना बिरामि लाई थप उपचार का लागि नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखरा पठाईएको अधिकृत बानियाँले बताउनुभयो । सेतो पुतलि का कारण आँखा मा लाग्ने सापु रोगको समयमै उपचार नगरेमा दृष्टि नै गुम्न सक्ने र सेतो पुतलि को झुस आँखा मा पसेको शंका लाग्ने बित्तिकै तुरुन्त नजिक को आँखा उपचार केन्द्र/आँखा बिभाग/अस्पताल मा आँखा जाँच गराउनु पर्दछ र सेतो पुतलि को झुस आँखा मा परेमा आँखा रातो हुने,दुख्ने र आँखा बन्द हुने समस्या देखा पर्ने र यस्ता लक्षण देखिएमा तुरुन्तै ढिला नगरि तत्कालै आँखा जाँच गराउनु पर्ने उहाँले बताउनुभयो । २४ घण्टा भित्र संक्रमित बिरामिलाई आँखा अस्पताल पुर्याएको अवस्था मा आँखा बच्न सक्ने र सेतो पुतलि ले आँखा मा पुर्याएको असर को समयमै उपचार नभए आँखा को दृष्टि गुम्न सक्छ । सापु रोग लाग्न बाट बच्न का लागि सेतो पुतलि(मोथ) को संसर्ग बाट टाढै रहने,धेरै उज्यालो,सेतो बत्ति नबाल्ने,साँझ र राति झ्याल ढोका बन्द गर्ने,संभव भए सम्म झ्याल ढोका मा जालि हाल्ने,सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बालेर झुल भित्र मात्र सुत्ने आदि गरेमा रोकथाम गर्न सकिने र रोग को लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा उपचार केन्द्र/ बिभाग/अस्पताल जाने,आफु खुशि कुनै पनि आँखा को औषधि तथा जडिबुटि नराख्ने,आँखा स्वास्थ्यकर्मि हरुको सल्लाह बमोजिम उपचार गर्ने आदि गरेमा नियन्त्रण गर्न सकिने छ ।
साढे चार दशक अघि पोखरामा भेटिएको थियो सेतो पुतलि  आज भन्दा करिव ४५ बर्ष अघि पोखरामा सेतो पुतलि भिटिएको दावि चिकित्सक हरुको छ। नेपाल मै पहिलो पटक २०३२ साल मा यस रोग देखिएको थियो! त्यस बेला डा.मदन कुमार उपाध्याय ले यो रोग पत्ता लगाएका थिए । लामो अनुसन्धानपछि डा.उपाध्याय ले यस रोग लाई ‘सापु’ नाम दिएका थिए ।
पोखरामा यस रोग फैलिएपछि आवश्यक अनुसन्धान को लागि काठमाडौं बाट डा.उपाध्याय नेतृत्व को टोलि पोखरा आएर अनुसन्धान गरेको थियो । सापु रोग बाट धेरै  बालबालिका हरु प्रभावित बनेको देखिन्छ ।

You can share this post!

फेवातालको १६१० रोपनी जग्गा व्यक्तिको नाममाः प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा देउवा सरकारलाई

नेकपा माओवादी केन्द्र रघुगंगा कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न

Related posts