मोना कतारको आयोजनामा बक्तृत्वकला प्रतियोगीता सुरु

शिक्षा र रोजगार, समृद्घ म्याग्दी निर्माणको आधार भन्ने पबित्र उद्देश्यका साथ म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गरेको म्याग्दी जिल्ला स्तरीय अन्तरमाबी बक्तृत्वकला प्रतियोगीता सुरु भएको छ । बिभिन्न चार चरणमा सम्पन्न हुने प्रतियोगीताको पहिलो चरण भाद्र ५ गते देखि सुरु भएको हो ।
भरचुवल, अनलाइन माध्यमबाट संचालन गरिएको प्रतियोगीतामा म्याग्दी जिल्लाका सम्पुर्ण माध्यामिक बिद्यालय बाट १ छात्र र १ छात्रा गरि बढिमा २ जनाले सहभागीता जनाउन सक्नेछन । पहिलो चरणको प्रतियोगीताका लागि कोरोना महामारी, यसले बिभिन्न क्षेत्रमा पारेका प्रभाब र निराकरणका उपायहरु बिषय छनौट गरिएको छ । सहभागीहरुले यहि बिषयमा आफ्नो बिचार सहितको मोबाइलमा खिचिएको बढिमा ५ मिनेट सम्मको भिडियो भाद्र १४ गते साँझ ५ बजे सम्म मोना कतारले तोकेको गुगल फारममा अपलोड गर्नु पर्ने म्याग्दी प्रवासी नेपाली संघ मोना कतारका महासचिब अजय कुँवरले बताउनुभयो ।
महासचिब कुँवरका अनुसार अनलाइन माध्यमबाटै प्रतियोगीताको दोस्रो चरण भदौ २० गते देखि २५ गते सम्म, र तेस्रो चरण भदौ ३० गते देखि असोज ३ गते सम्म संचालन हुनेछ । प्रतियोगीताको अन्तीम चरण असोज २३ गते सहभागीको प्रत्यक्ष उपस्थितिमा बेनीमा आयोजना गरिने छ । प्रत्यक चरणमा फरक फरक बिषयमा प्रतियोगीता संचालन गरिने महासचिब कुँवरले बताउनुभयो ।
प्रतियोगीताको प्रथम पुरस्कार नगद रु २० हजार, द्वीतिय पुरस्कार रु १५ हजार, तृतिय पुरस्कार रु १० हजार र सान्त्वना पुरस्कार दुइ जनालाइ रु ५ हजारका दरले प्रदान गरिने कार्यक्रम संयोजक थम गीरीले बताउनुभयो । उहाँका अनुसार अन्तिम नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्तिक २ गते मोना अन्तराष्ट्रिय कार्य समितिको चौँथो महाधिबेशन उद्घाटन समारोहका अबसरमा बेनीमा गरिनेछ ।
बिभिन्न सामाजिक गतिबिधिहरु संचालन गर्दै आएको मोना कतारले बिद्यार्थीको क्षमता र प्रतिभालाई प्रस्फुटन गराउनका लागि समसामयिक बिषयमा बक्तृत्वकला प्रतियोगीता आयोजना गरेको मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले बताउनुएको छ ।

You can share this post!

बेनी अस्पतालले कोभिडको लागि दोहोरो खर्च लिएको महालेखाको ठहर

बालविकास केन्द्रका बारेमा सञ्चारमाध्यममा आएको समाचारप्रति बेनपा ६ को प्रेस विज्ञप्ति

Related posts