अध्यादेश ल्याएर चुक्नुभयो प्रधानमन्त्री यो काँग्रेसको संस्कार होइन : डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताउनुभएको छ ।
सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको भनाई छ ।
‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न’, कोइरालाले ट्वीटमा भन्नुभएको छ । उहाँले संसदमा परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्नेमा प्रधानमन्त्री चुकेको टिप्पणी गर्नुभएको हो । ‘यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन’, कोइरालाले लेख्नुभएको छ ।

You can share this post!

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

पुलाचौरमा युवा संघ र युथ फोर्सको वडा कमिटी गठन

Related posts