ताकममा एमाले वडा कमिटी, गठन दुई दर्जन भन्दा बढी कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश

म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा दुई दर्जन भन्दा बढी कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन। लामो समय देखि भारतले दावी गर्दै आएको नेपाली भु–भाग समेटेर नेपाली नयाँ नक्सा जारी गर्ने, देश भौगोलिक हिसाबमा सानो वा ठुलो होला तर राष्ट्र र राष्ट्रियताको पक्षमा सानो ठुलो नहुने भन्दै राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्ने एमालेको ओली सरकार बिरुद्धमा काँग्रेस र माओवादीले गठबन्धन गरेर सरकार बनाएको भन्दै ताकमको हिला पोखरी, धारापानी र ताकम गाउँकै गरी दुई दर्जन भन्दा बढीको संख्यामा कांग्रेस र माओवादीका कार्यकता एमाले प्रवेश गरेका हुन् ।
एमाले धवलागिरी गाउँपालिका ७ ताकम वडा कमिटीको गठन गर्न आयोजना गरीएको एक भेलामा उनिहरुलाइ एमाले जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा धवलागिरी गाउँपलिका अध्यक्ष थमसरा पुन युवासंघ केन्द्रीय सदस्य तथा गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, एमाले जिल्ला कमिटी सदस्य होम बहादुर थापा लगाएतले नेकपा एमालेमा खादा र अविर लगाई स्वागत गर्नु भएको थियो ।


भेलाले ताकममा कलानीधी शर्माको अध्यक्षतामा एमाले वडा कमिटी गठन गरेको छ । कमिटीको बरीष्ठ उपाध्यक्षमा राजु थापा, महिला उपाध्यक्षमा मन देवी परीयार सचिवमा तेजेन्द्र थापा, सह–सचिवमा ओम बहादुर खत्री, कोषध्यक्षमा टेकबहादुर खत्री, सह– कोषध्यक्षमा रामबहादुर सुनार र सदस्यहरुमा करन छन्त्याल, थमबहादुर फगामी, धनबहादुर पुन, सेरबहादुर थापा, रामबहादुर केसी, यामबहादुर केसी, दिपबहादुर बिटालु, खुमबहादुर भण्डारी, रबिन जुग्जाली, जिवन बिक, डिलु हरमेल, रामबहादुर लामगाडे, कुलमान हरमेल र बाबुराम खत्री लाइ चयन गरेको छ ।
उक्त भेलाले हरिकला थापाको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल महिला संघ समेत गठन गरेको छ । संघको उपाध्यक्षमा धना खत्री, सचिवमा शरस्वती पौडेल, सह–सचिवमा ज्ञानमति फगामी, कोषध्यक्षमा थमाया रोका र सदस्यहरुमा इन्द्रीरा सुबेदी, धनकुमारी छन्त्याल, कमला केसी र सुपारी थापा लाइ चयन गरेको छ ।


त्यसैगरी सोही भेलाले गोपाल बिककको अध्यक्षतामा उत्पिडीत मुक्ती समाज गठन गरेको छ । समाजको उपाध्यक्षमा समबहादुर श्रीपाली, सचिवमा राजु हरमेल, कोषाध्यक्षमा राम बहादुर बि.क. सह–सचिवमा सत्तलाल हरमेल र सुजता बिक लगाएत रहेको १५ सदस्यिय समिती गठन गरेको हो । सोही भेला मार्फत समबहादुर थापाको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ पनी गठन गरीएको छ । समितीको उपाध्यक्षमा दिपक सुबेदी, सचिवमा भुवानी पौडेल सह–सचिवमा प्रकाश हरमेल र कोषाध्यक्षमा थमबहादुर गुरुङ्ग लगाएतका रहेको ११ सदस्यिय किसान महासंघ गठन भएको छ ।
भेलाको एमाले जिल्ला कमिटी सदस्य, अनेमसंघ केन्द्रीय सदस्य तथा गाउँपालिका अध्यक्ष थमसरा पुन, एमाले जिल्ला कमिटी सदस्य होमबहादुर थापा, मिठु थापा, युवा संघ नेपाल केन्द्रीय सदस्य तथा प्रस्तावीत एमाले जिल्ला कमिटी सदस्य रेशम छन्त्याल लगाएतले सम्बोधन गर्नुभएको थियो । ताकम वडा कमिटीका अध्यक्ष कलानीधी शर्माको अध्क्षतामा सम्पन्न भएको उक्त भेलाको सञ्चालन वडा कमिटी सचिव तेजेन्द्र थापाले गर्नु भएको थियो ।

You can share this post!

फुटबल संघ म्याग्दीको अध्यक्षमा दिलिप बुढाथोकी

मंगलाको अर्मनमा १०७ सदस्यीय राष्ट्रिय युवा संघ र ५७ सदस्यीय युथ फोर्स गठन

Related posts