म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा २० लाखको लगानीमा पि एण्ड पी कफि सप संचालनमा आएको छ । जिल्लाको मंगला गाउँपालिका–४ बंरजाका दुर्गा कंडेलले बेनी नगरपालिका–८ न्यूरोडमा पि एण्ड पि बेकरी एण्ड क्याफे संचालनमा ल्याउनुभएको हो ।
पछिल्लो समय अधिकांश युवाहरु रोजगारीका लागि विदेश पसिरहेको बेला कंडेलले आफ्नो ठाउँमा नै उद्यमशिल बन्ने उद्देश्यका साथ क्याफे संचालन गर्नुभएको हो ।
क्याफे संचालनका लागि करिव २० लाख रुपैयाँ लगानी भएको कँडेलले बताउनुभयो । रोजगारीको शिलशिलामा लामो समय विदेश बसेँ, भने जस्तो कमाई भयन, फर्किएर बेकरी उद्योग चलाएँ, कँडेलले भन्नुभयो, ‘थप लगानी गरेर क्याफे संचालन गरेको छु’ ।
आफ्नो रुचि, क्षमता र ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै आकर्षक डेकोरेसन सहित व्यवस्थित तरिकाले संचालन सुरुवात गरिएको कफि सपमा कफीप्रेमीहरुको बाक्लो आगमन हुने संचालक कँडेलले आशा गर्नुभएको छ ।
उहाँले संचालन गरेको कफी सपमा हट र कोल्डमा सम्पूर्ण स्वादको कफी संगै स्वादिष्ट बेकरीका परिकार समेत उपलब्ध रहेका छन । उहाँले कफि सपमा ३ जना र बेकरी उद्योगमा ५ जना गरि ८ जनालाई रोजगारी समेत दिनुभएको छ ।
दुवै प्रकारका व्यवसायमा उहाँलाई उहाँकी श्रीमति राधिका कँडेलले राम्रो साथ दिनुभएको छ । शिक्षामार्गमा मनकामना बेकरी उद्योग संचालन गर्नुभएका कँडेलले थप व्यवसाय स्वरुप क्याफे पनि संचालनमा ल्याउनुभएको हो ।
पछिल्लो समयमा बेनीमा कफी पारखी बढ्दै गएको तर कफिकै लागी भनेर विशेष ठाउँ नभएकाले पि एण्ड पि क्याफे स्वादिष्ट कफीका लागि आकर्षक गन्तव्य बन्न सक्ने म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो ।