फुटबल संघ म्याग्दीको अध्यक्षमा दिलिप बुढाथोकी

म्याग्दी सदरमुकाम बेनीमा शनिबार फुटबल संघ म्याग्दीको गठन गरीएको छ । जिल्ला खेलकुद विकास सििमीकै हलमा आयोजना गरीएको एक भेलाले दिलिप बुढाथोकीको नेतृत्वमा १३ सदस्यीय फुटबल संघको गठन गरेको हो । संघको उपाध्यक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्षमा यज्ञराज थापा र सदस्यहरुमा सौगात गुरुङ्ग, एलिन के.सी, विवेक हमाल, सुरेश पुर्जा, सन्दिप हमाल, विजय घर्ती मगर, विवेक राना र असल केसीलाइ चयन गरीएको संघका सचिव कुमार बानियाँले बताउनु भयो । थप एक जनालाइ पछि मनोनीत गर्ने बानियाँले बताउनु भयो ।


कार्यक्रमामा जिल्ला खेलकुद बिकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले फुटवल मात्रै नभएर जुनकुनै विधाका खेलकुदका कार्यक्रमहरुमा क्लब वा खेलाडी र आयोजकले खेलकुद विकास समितीको सहयोग मागेमा प्रशिक्षक तथा रेफ्री खेलकुद विकास समितीले नै पठाउने बताउनु भयो । उहाँले यस पटक गाउँ गाउँमा बल नेट पठाउने भन्दा प्रशिक्षक पठाएर खेलाडी उत्पादन गर्ने आफ्नो तयारी रहेको बताउनु भयो । आफ्नो कार्यकालमा आर्थिक तथा खेलकुदका गतिबिधीहरुलाइ चुस्त, दुरुस्त बनाउने तयारी रहेको उहाँको भनाई रहेको थियो ।

You can share this post!

राष्ट्रिय जन सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा अमित विश्वकर्मा

ताकममा एमाले वडा कमिटी, गठन दुई दर्जन भन्दा बढी कांग्रेस र माओवादी कार्यकर्ता एमाले प्रवेश

Related posts