एसएसबीको ज्यादतीका बिरुद्ध अनेरास्ववियु र युवा संघ नेपालले गरे म्याग्दीमा बिरोध प्रर्दशन

नेपाल कम्युनिष्ट पार्टी एमाले निकट विद्यार्थि तथा युवाहरुको भातृसंगठन अनेरास्ववियु म्याग्दी र युवा संघ नेपाल म्याग्दीले सीमा क्षेत्रमा नेपाल माथि भारतीय एसएसबीले गरेको ज्यादतीको बिरुद्धमा म्याग्दीमा बिरोध प्रर्दशन गरेका छन् ।
दार्चुलामा भारतीय सुरक्षाकर्मीले नदि तर्ने क्रममा तुइन काटिदिंदा व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी नदीमा खसेर बेपत्ताभएको बारेमा उनीहरुले बेनीको क्याम्पस चोकमा बिरोध प्रदर्शन गरेका हुन् ।


बिरोध सभालाइ सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले भारतीय ज्यादतीेका बिरुद्धमा आम नेपाली नागरीक एक भएर लाड्नुको विकल्प नरहेको बताउनु भयोे । भारतले नेपाली भुमि माथी कब्जा गरेपछी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलिले राष्ट्रयताको बिषयमा अडान लिदै नेपाली चुचे नक्सा जारी गरेपछी भारतले केही दलका नेतालाइ प्रलोभनमा पारेर आफ्नो पक्षमा पार्दै भारतको लागि कम्फटेबल सरकार बनाएको बताउनु भयो । एसएसबीको ज्यादतीको कारण एक नेपालीले माहाकाली नदीमा ज्यान गुमाइसक्दा पनि सरकारले आफ्नो नागरीको सुरक्षाका लागी कुनै आवाज उठान गर्न नसक्नुले भारतीय सरणको सरकार पुष्टी भएको बताउनु भयो ।
तत्कालीन समयमा प्रधानमन्त्री केपीओलिले राष्ट्र सानो ठुलो होला तर राष्ट्रीयता सनो ठुलो नहुने भन्दै कयौं पटक राष्ट्रबादी अडान लिनुभएको स्मरण गर्नु भएको थियो ।


सोही सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका अध्यक्ष तथा केन्द्रीय सदस्य सुबास विश्वकार्माले सरकार भारतको गुलाम र चरणमा पर्नु भन्दा जनताको सुरक्षा तर्फ लाग्नु लाग्नु पर्ने बताउनु भयो । उहाँले पद र कुर्चिको लागि भारतको इसारमा बनेको यस सरकारले गठन भएको दिन देखि नै माफियालाई मन्त्री बनाउने देखि अपराधीक गतिबिधीहरुको संरक्षणमा लागेको आरोप लगाउनु भएको छ । उहाँले माहाकाली नदी माथि खसेर ज्यान गुमाएका धामीको परिवारलाइ न्याए दिलाउन अनेरास्ववियु र युवा संघ नेपाल शतिसाल झै अडिक रहेर सरकार र भारतीय एसएसबीको बिरुद्धमा चरणबद्ध अन्दोलनका कार्यक्रमहरु घोषणा गरी लागीरहने बताउनु भयो । विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको बिरोध सभा युवा संघ नेपाल म्याग्दीका सचिव शिशिर साहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

You can share this post!

एसएसबीको ज्यादतीका बिरुद्ध विप्लव निकट जनबर्गीय संगठनहरुको म्याग्दीमा बिरोध प्रर्दशन

लायन्स क्लब अफ बेनी माहारानिबाट बुद्ध विहार परिसरमा वृक्षरोपण

Related posts