नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति

नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।
उनले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।
माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि लगभग सहमतिमा पुगेको बताए । एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।
‘एकाध विषयमा छलफल बाँकी छ, भोली सम्पूर्ण हिसाबले निस्कर्षमा पुग्छौ‌‌,’ उनले भने, ‘समयको अभावले एकाध विषय बाँकी रहेको हो । अरु सबैमा सहमतिमा पुगेका हौं । हामी सम्पूर्ण हिसाबले पार्टीलाई एकतावद्ध गर्छौं ।

You can share this post!

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

एमाले मिलेको घोषणा गर्न मात्रै बाँकी

Related posts