रघुगंगा २ का पदम भण्डारीले गरे बेनी अस्पताललाइ एक लाख बराबरको स्वाथ्य सामाग्री सहयोग

रघुगंगा गाउँपालिका २ भग्वतीको साजापानीका पदम भण्डारीले म्याग्दी सदरमुकाम बेनी स्थीत बेनी अस्पताललाइ १ लाख रुपैयाँ बराबरको स्वाथ्य सामाग्री सहयोग गर्नु भएको छ । कोरोना संक्रमण जिल्लामा नियन्त्रण भन्दा बाहीर गए पछि भण्डारीले कोरोना संक्रमणका विरामीको उपचार गरीरहेको बेनी अस्पताललाइ सहयोग गर्नु भएको हो ।


अस्पतालमा विरामीलाइ उपचार गर्दा स्वाथ्यकर्मीलाइ आवश्यक पर्ने दुइ हजार पाँचसय जोडी सर्जिकल ग्लब्स, अक्सिजन फ्लोमिटर ३ पिस र अक्सीमिटर १ पिस सहितका १ लाख रुपैयाँ बराबरको भण्डारीले स्वाथ्य सामाग्री सहयोग गर्नु भएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । सहयोगगरीएको स्वाथ्य सामाग्री भण्डारीको छोरी चन्द्रप्रभा भण्डारीले बेनी अस्पतालका डा जितेन्द्र कडेंललाइ बेनी अस्पतालका व्यवस्थापन समितीका अध्यक्ष कटुवालको रोहवरमा हस्तान्तरण गर्नु भएको थियो ।


म्याग्दीमा कोरोना संक्रमण बढ्दै गएपछी कोरोना संक्रमीत विरामीलाइ स्वाथ्यकर्मीले सुरक्षीत तरवले उपचार गरुन र कोरोना लागेका विरामीले राम्रो सँग उपचार पाउन् भन्ने उद्देश्यले आफुले सहयोग गरेको पदम भण्डारीले बताउनु भयो । भण्डारीले रघुगंगा पाउँपालिका भित्रका काेराेना संक्रमित पिडितकाे लागी पनि पचास हजार रूपैयाँ थप सहयाेग गर्ने बताउनु भयो ।

You can share this post!

राष्ट्रिय युवा संघ रघुगंगाले कोभिडका विरामी सहयोग अभियान सञ्चालन गर्ने

रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग

Related posts