म्याग्दीमा बिरामी हुनु भयो ? चिन्ता लिने होइन बरु छिट्टै हेलो डाक्टर भन्नुहोस्

म्याग्दीका जनताहरुलाइ सुबिधाका लागि बेनी अस्पताल म्याग्दीले हेलो डाक्टर अभियान सञ्चालन गरेको छ । केही समय अगाडि देखि सञ्चालन गरीएको हेलो डाक्टर अभियान लाई पछिल्लो सयम प्रभावकारी बनाउन लागिएको अस्पताल ब्यवस्थापन समिती म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालले बताउनु भयो । अस्पतालमा आउन नसक्ने विरामीहरु अस्पतालमा फोन गरेर स्वाथ्य अवस्थाका बारेमा डाक्टर सँग जानाकारी सुझाव सल्लाह लिएर आउनका लागी हेलो डाक्टर अभियान लाई प्रभावकारी बनाउन लागिएको कटुवालले बताउनु भयो ।
हामीले जिल्लाबासीहरुका लागी डाक्टर हरुको नम्बर सार्वजनीक गरेका छौं कुनै अप्ठ्यारो परेमा फोन बाटै पनि सामान्य समस्याको सामाधान हुन्छ अध्यक्ष कटुवालले बताउनु भयो । पछिल्लो समय बेनी अस्पतालमा कार्यरत स्वाथ्यकर्मीमा नै कोरोना संक्रमण देखि पछि अत्यावश्यक बाहेक अन्य समयमा विरामीहरुलाई असपतालमा नआउन अनुरोध गरीएको छ ।

तस्बिर बेनी अनलाइन बाट 

You can share this post!

सहयोगको लागि सरकारको ढोका हान्दा हान्दै थाकेका हातले सरकारलाई नै सहयोग

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोग अभियान सञ्चालन

Related posts