राष्ट्रिय युवा संघ रघुगंगाले कोभिडका विरामी सहयोग अभियान सञ्चालन गर्ने

नेकपा एमाले निकट युवाहरुको संगठन यूवासंघ नेपाल रघुगंगा कमिटीले कोरोनाका विरामी सहयोग गर्न काभिड विरामी सहयोग अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको भग्वती र पिप्लेका विभिन्न स्थानका साथै पालिका भित्र कोभिड संक्रमण भुसमा आगो सल्किए झैं सल्किएको र यस्तो अवस्थामा सबै एक मुष्ट भएर कोरोना संक्रमणको विरुद्धमा लढ्नु पर्ने भन्दै संघ मार्फत विरामीलाइ सहयोग गर्ने अभियान सञ्चालन गरीएको संघका पालिका अध्यक्ष रमेश गुरुङले बताउनु भयो ।
यस अभियानमा मार्फत विरामीको अक्सीजन लेवल र ज्वरो विरामी आफैले वा परीवारका अन्य सदस्यले जाँच्न मिल्ने र कम वा बढी भएमा विरामीलाई अस्पतालमा लैजान सजिलो होस् भन्ने उद्देश्य अनुरुप होम क्वारेन्टाइनमा रहेका सबै विरामी हरुको लागि अक्सीमिटर, थर्ममिटर र आर्थिक अवस्था कमजोर भएका विरामीका लागि आर्थिक सहयोग गरीने संघका केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष प्रविण शाहीले बताउनु भयो ।

You can share this post!

रानिपौवाका युवाले सञ्चालन गरे रानिपौवा बचाउँ अभियान

रघुगंगा २ का पदम भण्डारीले गरे बेनी अस्पताललाइ एक लाख बराबरको स्वाथ्य सामाग्री सहयोग

Related posts