बागलुङका चन्द्र ढकालद्धारा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता

करीब दुईदशक देखि ब्यपार ब्यवसायमा सक्रीय बागलुङका चन्द्र ढकालले आगामी मंसिर ११ र १२ हुने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् । ढकालले बुधबार वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दर्ता गरेका हुन् । पछिल्लो संशोघित विधान अनुसार नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षले अर्को कार्यकाल स्वत अध्यक्ष भइ महासंघको नेतृत्व गर्ने व्यवस्था रहेको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को नेतृत्वको उपाध्यक्ष पदमा ढकालले उमेदवारी दिएका हुन् ।
१ दशकको नेपाल उद्योग वणिज्य महासंघको अनुभव बोकेका ढकालले किशोर प्रधानसँग प्रतिस्पर्धा गदै छन् । व्यवसायिक एवम् व्यक्तिगत जीवनमा  उत्तिकै सफल ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा समेत रहेका छन् । उनको बैंक तथा वित्तीय सेवालगायत जलविद्युत् लगायतका क्षेत्रमा पनि राम्रो उपस्थिति रहेको छ ।
उनले नेपाली उघोगी तथा व्यवासायीको हितका लागि आफ्नो उमेदवारी रहेको बताए । नेपालमा कोरोनाका कारण बन्द हुन पुगेका उद्योगी तथा व्यवसायिहरुको पक्षमा काम गर्ने, नयाँ उद्योग ग्राम हरु सञ्चालन गर्नका लागि सरकार सँग आवश्यक सल्लाह सुझाव दिने र नयाँ उघोगहरको स्थापनाका लागि पहल गर्ने बताए ।
वि. सं २०२२ मा बागलुङको अमलाचौरमा जन्मिएका चन्द्रप्रसाद ढकालको व्यवसायिक यात्रा करिब २ दशकको मात्र रहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघको यात्रा करिब १ दशकको रहेको छ । छोटो समयमा नै सफलता प्राप्त गरेका ढकाल उद्योगि व्यवसायिहरुका प्रेरणाका स्रोत समेत हुन् । उनले आफ्नो उमेदवारी सम्पुर्ण उद्योगी व्यवसायिहरुकै उम्मेदवारी रहेको बताउँदै जितको पनि सुनिश्चीतता रहेको बताए ।
को हुन् त ढकाल ?
उनी १६ वर्षको हुँदा उनको पिताको देहवसान पश्चात सोह्र वर्षको एक किशोरको काँधमा आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । उनले त्यस जिम्मेवारीप्रति गम्भीर भएरै आफ्नै मिहिनेत, परिश्रम र बलबुतामासहितको अथक प्रयास आज उनी समग्र निजि क्षेत्रको नेतृत्व गर्न प्रतिस्पर्धा गर्दैछन् । उनले गरेको परिश्रमले उनलाई मात्र सफल बनाएको छैन हजारौा मानिस र राज्यलाई प्रत्यक्ष अप्रत्क्ष रुपले फाईदा पु(याइरहेको छ ।


सफल व्यवसायी चन्द्र ढकाल, ढकालको जीवनका कठिन कथाका पानाहरु पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्ष नै यही नै हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको खरिददारका रूपमा बैंकमा काम थालेका चन्द्र ढकाल अहिले नेपालको सबैभन्दा ठूलो बैंकको आफैँ मालिक छन् ।
रेमिट्यान्स कम्पनीबाट उदाएका उनको सञ्जाल देशको कुना – कुनामा पुगिसकेको छ । जुन ‘आइएमई ग्रुप’ भनेर चिनिन्छ ।
आइएमई को ‘वेभसाइट’ मा उल्लेख गरिएअनुसार उनको व्यवसाय रेमिट्यान्स क्षेत्रसँगसँगै सवारीसाधन बिक्री, जलविद्युत् उत्पादन, ट्राभल एन्ड टुर्स, बैंक, औषधि, सूचना प्रविधि र व्यापारसम्म फैलिएका छन् । ट्राभल र कार्गो उनको रेमिट्यान्स कम्पनीभन्दा पुरानो काम हो । वैदेशिक रोजगारीमा जापान गएर फर्किनु अघिदेखि नै उनी कार्गो व्यापारमा लागिसकेका थिए ।


राष्ट्रिय वाणिज्य बैंकमा उनको जागिरे जीवन करीब चार वर्ष जतिको रह्यो । त्यही समयमा व्यवसायको सोच र आँट लिएर बैंकको जागिर त्यागी व्यवसायमा जोड दिन थाले । त्यो हिम्मत नै उनको जीवनको सफलताको केन्द्रविन्दु बन्न पुग्यो ।
व्यवसाय थालेका ढकालले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन सोच बनाएका थिए । त्यतिबेला नेपाली गार्मेन्ट उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरेका थिए । भिसा पनि लागीसकेको थियो । तर, अमेरिका जाने सोच बेकेका ढकाल जापान भएर अमेरिका जाने निधो गरे
। १० महिना जापानमै बसेर काम गरेका ढकालले विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने तनावलाई देखे । यहि समस्यालाई अवसरमा परिणत गरेर आज आइएमई लाई रेमिटेन्सको ब्रान्डमा रुपान्तरण गरेर उनी एक सफल व्यवसायीको रुपमा सुपरिचित छन् ।
उनले आइएमई शुरुवात गर्नु अगाडि विदेशबाट नेपालमा पैसा पठाउने कुनै औपचारीक माध्यम थिएन ।
हुण्डी कारोबार दिन प्रति दिन फस्टाउँदै गएको थियो । जसले सामाजिक अपराध र नेपालीहरु ठगीने प्रवृति फस्टाउँदै गएको थियो । देश र देशको अर्थतन्त्रले विकराल समस्या झेलिरहेको बेला पहिलोपटक राष्ट्रबैंकमा नितिगत प्रस्ताव लिएर उनी पुगेका थिए ।
सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला ग¥यो । धेरै नेपाली पनि गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान नै थिएन । यहि समस्यालाई अवसरमा परिणत गरि ‘इन्टरनेशनल मनी एक्सप्रेस’ आइएमईको शुरुवात गरे जुन उनले परिकल्पना गरे भन्दा पनि धेरै माथि पुग्यो । अहिले अधिकाशं मानिसहरु (पैसा पठाउनेलाई) बैंक तथा वित्तिय संस्थाहरुमा आइएमई गर्नु नै भन्ने गरेका छन् । रेमिटान्सको बा्रन्ड भनेकै नेपालमा आइएमई जस्तो रहेको छ ।


अझै ग्रामिण भेगका धेरै मानिसहरु पैसा पठाउनु भनेकै आइएमई गर्नु हो भन्ने ठान्दछन् । यो व्यवसायी ढकालको सफलता हो ।
आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासघंमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न रहेका छन् । सफलताको एक पछि अर्को सिढीं उक्लदै उनले जीवनमा कयौँ सफलताहरु हात पारे उनले स्थापित गरेको चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ ।
जब नेपाल भुकम्प र नाकाबन्दीले थलिएको थियो त्यतीखेर चन्द्रगिरि केबलकार सञ्चालन गरेर राष्ट्रको अर्थक्षेत्रको मनोबल उच्च राख्न उनको अहम भूमीका रहेको थियो ।
इमान्दार र मेहेनती गुण भएका चन्द्र ढकालले आफ्नो मात्र खुसी कहिल्यै हेरेनन् । आफूलाई साथ दिने व्यक्ति र आफ्नो राज्यप्रति पनि उनी उत्तिकै उत्तरदायी रहे । समयको अत्यन्तै पक्का चन्द्र ढकाल सरकारको निति कार्यान्वयनमा पनि उत्तिकै पक्का व्यक्ति कहलिन्छन् ।
गत आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरे । सरकारको सोही नीतिका कारण ग्लोबल आइएमई र जनता बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका आधारले नेपालकै ठूलो बैंक बन्यो मर्जपछि बैंकको चुक्ता पूँजी करीब १९ अर्ब रुपैँया पुगेको हो ।
राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैँकको अध्यक्ष बन्न सफल भए । कुनै व्यवसाय गर्छु भन्ने व्यक्तिका लागी चन्द्र ढकाल एउटा खुल्ला विश्वविद्यालय हुन् भने उनको सफलता एउटा ‘चाखलाग्दो कोर्ष’ । उनको गुजारेका कठिन दिनहरुको यो यात्राले तय गरेको लोभलाग्दो सफलता आफैँमा एउटा उत्प्रेरक श्रोत बन्न सक्छ । दृढ विश्वास, मेहेनतले मान्छेले सोचेको भन्दा पनि ठूलो सफलता हात पार्छ भन्ने एउटा उदाहारण हुन् – चन्द्र ढकाल ।


आफ्नै मेहेनत र परिश्रमले व्यवसायिक क्षेत्रमा छोटो समयमै सफलताको शिखरमा पुगेका ढकाल महासंघको राजनीतिमा पनि छोटो समयमै पकड जमाउन सफल भए । ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित पनि भए । अहिले भने चन्द्र ढकालले बरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्ने घोषणा बाग्लुङबाट गरेका थिए ।
साना तथा मझौला व्यवसायको हकहित संरक्षण गर्न र नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरि देशको अर्थतन्त्रलाई सबल बनाउन चन्द्र ढकालले नेतृत्वको लडाँईमा भाग लिएको बताएका छन् । चुवानको नतिजा त समयलेनै देखाउने छ तर उनको प्रतिष्पर्धी पनि उनीमा अनुभव बाहेक कुनै कुराको कमी नरहेको बताउँछन् ।
अघिल्लो चुनावमा शेखर गोल्छा र किशोर प्रधान दुवैको प्यानलबाट र्निविरोध ऐसोसिएट उपाध्यक्ष बनेका चन्द्र ढकाल अहिले उनै किशोर प्रधानसँग प्रतिस्पर्धा गरिरहेका छन् । महासंघमा प्रधानको लामो अनुभव रहेको छ भने चन्द्र ढकालसँग दृढ आत्मविश्वास रहेको छ ।
अब अनुभव र इच्छाशक्तीको राजनितिक महासंघारमा दुई उम्मेद्वार चन्द्र ढकाल र किशोर प्रधानमध्ये कसले बाजी मार्ला भन्ने आउँदो मंसिर ११ र १२ गतेको चुनावले नै देखाउनेछ ।

You can share this post!

अब कोरोना नियन्त्रण गर्न स्थानिय विपद् ब्यवस्थापन समिती बलियो हुनु पर्ने

मंसिर ९ देखि कक्षा १२ काे परीक्षा समय डेढ घण्टा मात्रै

Related posts