प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रस नेता डिला संग्रौलाले वर्ततमान अवस्थामा नेपाली रानितीमा गाँठो परिरहेका बताउनु भएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा पत्रकार सम्मेलन गर्दै उहाँले राजनितीमा प्रतिनिधीसभा पुनर गठन भए पछि मुलुकको नयाँ निकास निश्कीने आशा र अपेक्षा सम्पुर्णमा भए पनि संसदको पुन स्थाना पछि पनि नेपालको राजनितीमा गाँठो परीरहेको बताउनु भएको हो । राजनितिमा सबै भन्दा ठुलो कुरा भनेको नैतिकता हुने भन्दै प्रधान मन्त्री केपी ओलीमा नैतिकता हराएको उहाँले बताउनु भयो । नेपाली काँग्रेसको केन्द्रीय समितीले ओलिले शाशन गर्ने बैधतता, औचित्यतता गुमाइ सकेको भन्दै अन्दोलनरत अन्य दलहरु सँग सहकार्य गरेर काँग्रेस नेतृत्वमा सरकार गठन हुने उहाँले बताउनु भयो ।
उहाँले अब चाडो नै नेपाली काँग्रेसले आन्दोलन रत अन्य दलहरु सँग आधिकारीक बार्ता गरेर नेतृत्व लिन तयार रहेको बताउँदै त्यसका संकेतहरु प्रदेश सरकारमा देखा परिसकेको बताउनु भयो ।
। कालापानी लिपुलेक लिम्पीया धुरा सहितको नेपाली भुमी समेटेर नक्शा जारी गर्दा सरकारलाइ नेपाली काँग्रेसको पुरा सर्मथन भएको र हाल राष्ट्रिपती प्रधानमन्त्री कार्यालय बाट वितरण गरीने पदक तथा शुभकामनाहरुमा चुच्चे नक्शा हराएको भन्दै ओलिको खोक्रो राष्ट्रबादको पर्दाफाश भएको उहाँले बताउनु भयो । नेपाली राजनीमा नेपाली काँग्रेसको रारकारको आवस्यकता परेको बताउँदै उहाँले काँग्रेसकै पहलमा काँग्रेसकै सरकार बन्ने बताउनु भयो ।
प्रेस युनियन म्याग्दीका सभापती राकेश शर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीको उपसभापती माधव रेग्मी, नेपाल महिला संघकी नेता गिरीजा न्यौपाने, काँग्रेस म्याग्दीको नेता विमला गौचन लगाएतको उपस्थिती रहेको थियो ।