अदालतको अन्तरिम आदेश र सरकारी मापण्डको धज्जी उडाउँदै कालिगण्डकी नदिमा बालुवा चोरी निकासी

हिमाली जिल्ला म्याग्दीमा रहेको कालिगण्डकी नदिमा बालुवाको अबैध रुपमा चोरी तथा निकासी भएको छ । कालिगण्डकी नदि किनार बेनी नगरपालिका १ मा पर्ने आनन्दबर, सारेमारे र ढोडेनिखोलामा इस्काभेटर को प्रयोग गरेर बालुवाको चोरी तथा निकासी भएको हो । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदीको बगरबाट ठेक्का सम्झौता बिनै बालुवा उत्खनन र चोरी निकासी भएको छ । बेनी–१ को आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन गरि चोरी निकासी भएको जिल्ला प्रहररी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक स्यामकुमार राईले बताउनु भयो ।


सर्वाेच्च अदालतबाट २०७८ साल अषाढ २९ गते प्रधानन्याधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा कालिगण्डकी नदि विश्वकै पवित्र नदि रहेको र कालिगण्डकी नदिमा भै रहेको नदि दोहनले शालाग्राम चोरी निकासी र गिट्टी, बालुवा कालिगण्डकीको सौन्दर्यलाइ नै असर पर्ने गरी नदीको प्राकृतिक बहावलाइ परिवर्तन गर्ने, ड¥याम बनाउने, जस्ता कार्यहरु बन्द गर्न लगाउने अन्तरिम आदेश जारी भएको थियो । तर उक्त आदेशको समेत अवज्ञा गरी तस्कर हरुले कालिगण्डकी नदि दोहन गरी रहेका छन् ।
अझै बर्खायामको समयमा असार देखि असोज महिनासम्म नदी उत्खनन् गर्न नपाउने सरकारी नियम छ । बेनी नगरपालिकाले गत असार १ गतेनै सूचना जारी गरेर बगर उत्खनन् बन्द गरेको जनाएको थियो । नगरपालिका र सरकारको निर्णय बिपरित केही व्यक्तिहरुले खोलामा डोजर हालेर बालुवा उत्खनन् गरिरहेको देखिएको छ ।


यता बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले असार १ गतेदेखिनै बगर उत्खनन गर्न रोकिएको बताउनु भयो ।
अबैध नदी दोहनले, कानुन र सरकारी मापण्डको धज्जी उडेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ । ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँ भन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी ब्यवस्था छ । तर ढोडेनी खोला र कालीगण्डकीको दोभान स्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनी खोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर बालुवा निकालेर थुपारेका छन् । त्यहाँ करिब १०० टिप्पर बालुवा थुपारिएको छ ।
सो बालुवा कालीगण्डकी नदीबाट निकालेर राखिएको हो । ढोडेनीखोला भन्दा करिब ८०० मिटर माथि सारेमारेको झोलुङ्गे पुल नजिकै पनि करिब दश दिन देखि डोजर प्रयोग गरेर बालुवा निकालीरहेका छन् । यहाँ करिब ३० टिप्पर बालुवा थुपारिएको छ । दिउँसो डोजर नजिकैको जंगलभित्र लुकाएर राख्ने र बिहान ,साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेको नाम नबताउने सर्तमा स्थानीयहरु बताउँछन् । आनन्दबगरमा पनि दुई वटा डोजर र एक वटा ब्याकुहोलोडर प्रयोग गरेर दिनदाहादै कालीगण्डकीबाट बालुवा निकालिरहेका छन् । उनिहरुले करिब दुई सय टिप्पर जति बालुवा निकालेर थुपारेका छन् । समयमा नै अबैध रुपमा भै रहेको नदि दोहन कार्य रोक्न सम्बन्धीत सारोकारवाला निकायको ध्यान जान समेत जरुरी देखिएको छ ।

 

You can share this post!

चर्चमा जान्छु भन्दै घरबाट निस्कीएका जामुनाखर्कका ८३ बर्षीय जंगबहादुर बिक सम्पर्कबिहीन

किर्तीमानी पुर्जाले गरे जन्मगाउँकाे स्वाथ्य चौकीमा स्वाथ्य सामाग्री सहयोग

Related posts