म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल निर्वाचित

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा बेलबहादुर कटुवाल निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनबाट कटुवाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसै गरी अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजेश शाक्य, द्धितिय उपाध्यक्षमा लिलाराम गौतम महासचिवमा अमित बानियाँ, कोषाध्यक्ष सुबर्ण रिजाल,सचिव सुमन श्रेष्ठ र सहकोषाध्यक्ष नारायण जिसी निर्वाचित हुनुभएको छ । त्यसैगरी ६ जनामा गाेला पर्थागर्दा  संहसचिवमा बावुराम अाचार्य निर्वाचित हुनु भएकाे र अन्य विवरण केही समयमा आउने निर्वाचन आयोगका सदस्य धुर्वराज शर्माले बताउनु भयो ।

You can share this post!

उवासंघ म्याग्दीद्धारा क्रियाशील पत्रकारद्धय गौतम सम्मानित

उघोग बाणिज्य संघका नेता उद्योगी व्यवसायीको हुनु पर्छ पार्टीको होइनः तिमिल्सिना

Related posts