म्याग्दी ‘यूवा कप’को उपाधि बौदीकाली र धादिङले जित्यो

म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न भएको ‘प्रथम म्याग्दी यूवा कप’ को उपाधी पुरुष तर्फ नवलपुरको वौदीकाली गाउँपालिका र महिला तर्फको धादिङ स्पोर्टस क्बलले जितेको छ । बागलुङको गलकोट नगरपालिका सँग निकै प्रतिस्पर्धात्मक खेल खेलेको वौदीकालिले नगद दुईलाख रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रतियोगितमा १३ समुह सहभागी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बौदीकालीले बागलुङको गलकोट नगरपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गरेको हो ।

बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो, तेस्रो र पाँचौ सेट बौदिकालीले जितेको थियो । दोस्रो र चौथो सेट जितेको गलकोटलाई धिरेन्द्रप्रताप गाहाको कप्तानीमा मैदानमा उत्रिएको वौदिकालीले अन्तिम सेटमा १३ का विरुद्ध १५ले पछि पारेको थियो ।

पुरुषतर्फ म्याग्दीको बेनी नगरपालिका तेस्रो र रघुगंगा गाउँपालिकाले सान्तवनामा चित्त बुझाए । महिलातर्फको फाइनलमा धादिङले म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधाराको मालिका स्पोटर््स क्लवलाई सोझो ३ सेटमा पराजित गरेको थियो ।

बागलुङ नगरपालिका तेस्रो र म्याग्दी भलिबल संघ सान्तवना भएका छन् । पुरुषतर्फ उत्कृष्ट बनेका बौद्धिकालीका हिमाल सुनारीले नगद रु। ८ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । धादिङकी टिम कप्तान गंगा गुरुङलाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषणा गरिएको थियो ।

पुरुषतर्फ प्रथम, दृतीय, तृतीय र सान्तवना हुने स्थानीय तहले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमशः रु २ लाख, १ लाख २० हजार, रु ५० हजार र रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष बिजय घर्तीले बताए । ६ टिम सहभागी महिलातर्फ बिजेता, उपबिजेता, तेस्रो र सान्तवना हुनेले ट्रफी, मेडल, प्रमाणपत्र सहित क्रमश नगद रु। ८० हजार, ६० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष महाराज गुरुङ, एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

४ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्नुहुदै एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलकुद विकासका लागि प्रशिक्षण र पूर्वाधारमा जोड दिएको बताउनुभयो ।

You can share this post!

अन्तर मावि लोक गीतमा त्रिभुवन मंगलाकी युनिसा परियार प्रथम

बेनपा ६ मा मादल बजाउने सिपमुलक तालिम सुरु

Related posts