काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।
ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३(२ को सेटमा हराउदै उपाधि हात पारेको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६(२४ ले नेपालले अग्रता बनाएको थियो ।
सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८(१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४(२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।
दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनाएको थियो । नेपाल १९(२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाएका थिए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४(२४ मा पुर्याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४(२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।
तेस्रो सेटमा भने नेपालले २५(१५ ले सहजै जित्दै खेलमा २(१ को अग्रता बनायो । १०(११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८(११ को अग्रता बनाउँदै खेल २५(१५ ले सहजै जित्यो ।
तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५(२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २(२ को अवस्थामा पुर्यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५(११ ले जित्दै नेपालले उपाधि जितेको हो ।