रघुगंगाको झिं बाट शुरुगरे प्रवासीले बाढीपहिरो पीडितको घर बनाइदिने कार्य

म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउन शुर गरेको छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका ५ झिंका बाढी पहिरो पीडित भिमबाहादुर गर्बुजाको घर बनाउन मोनाले शुरुवात गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयमा सिफारिस गरेका पूर्ण क्षतिग्रस्त १ हजार ६८ घरमध्ये मोनाले जिल्ला भरी ४० घर बनाउन लागेको हो ।


भूकम्प प्रतिरोधी इट्टाको प्रयोग गरी घर निमार्ण गर्न थालिएको छ । मोनाले एक घर बरावर ५ लाख रुपैयाँ लागत स्टमेट गरि घर निमार्ण गर्न लागेको हो । म्याग्दी बाट विभिन्न देशमा छरिएर रहेको प्रवासी हरुको साझा संगठन म्याग्दी नेपाली संघ मोनाले मालिका गाउँपालिका–७ विममा १०, धवलागिरिमा १४, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४र४ वटा घर बनाउने बताएको छ ।

You can share this post!

फेरि बढ्यो सुनको भाउ

अनेमसंघ म्याग्दीको जिल्लास्तरीय भेला; देश विकास र जनताका लागि ओली सरकारले धेरै काम गरेको छ पूर्व मन्त्री थापा

Related posts