बेनीमा दादुरा रुबेला खोप सम्बन्धी अभिमुखीकरण

म्याग्दी । म्याग्दीको बेनी नगरापलिकामा दादुरा र रुबेला खोप संचलनका लागि अभिमुखीकरण गरिएको छ । बेनी नगरपालिकाको सभाहलमा भएको दादुरा रुबेला खेपा अभियान सम्बन्धी स्थानीय तह स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुको अभिमुखीकरण बहस परैवी गोष्ठी सम्पन्न भएको हो ।

बेनी नगरपालिकाको आयोजनामा भएको उक्त अभिमूखीकरणमा दादुरा र रुबेला गएको वर्ष र चालु वर्षमा संक्रमण अवस्थामा र यसको नियन्त्रणका लागि अबलम्बन गर्नु पर्ने उपायहरुको बारेमा बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुबेदीले जानकारी गराउनुभएको थियो ।

बेनी नगरपालिकामा यही १६ गतेदेखि २१ गते सम्म ९ वर्षदेखि ५ वर्ष मुनीका उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुदै छ ।

कार्यक्रममा बेनी नगरपालिका–प्रमुख सुरत केसीले खोप अभियानलाई कुनैपनि बालबालिका नछुट्ने गरि प्रभावकारी बनाईने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सबैभन्दा महत्वपूर्ण रहेकाले प्रत्येक वडाका जनप्रतिनिधिहरु समेत यो खोप अभियानलाई सफल बनाउन सक्रिय रहन आग्रह समेत गर्नुभयो ।

नगरका सबै वडाका वडा अध्यक्ष, सरोकारवाला र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नगर प्रमुख केसी, स्वागत सोमनाथ सुबेदी र संचालन बेनी नगर स्वास्थ्य शाखामा कार्यरत लिला गौतमले गर्नुभएको थियो ।

You can share this post!

ढोरपाटनमा भारी हिमपात, जनजीवन कष्टकर

जलजलामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम सुरु

Related posts