जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि जावलाखेलमा विद्यार्थीको प्रदर्शन

जिपको ठक्करले सहपाठीको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधबार जावलाखेलमा सडक अवरुद्ध पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
सोही क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया अञ्जु दाहाललाई बुधबार बिहान नक्खु, बागडोलमा जिपले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
दाहाललाई बिहान ६ बजेतिर स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

कान्तिपुरबाट साभार

You can share this post!

दग्नाम–दर्मिजा–चिमखोला सडकको उद्घाटन

रामबाबुले ल्याए मेरो जुठो खाईसीयो

Related posts