दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाम स्थित दग्नाम स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङद्धारा एक करोड ५९ लाख ७८ हजार रुपैयाँ लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले आइतबार एक कार्यक्रमकाविच उद्घाटन गर्नुभयो । बागलुङको बन्धन भगवती डेभ एण्ड सायर तिलक जेबीले बि.सं.२०७८ असारमा सो भवननिर्माणको ठेक्कालिएको थियो ।

कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाले भवन निर्माण भएपछि सेवाप्रवाहमा सहजहुने बताउनुहुँदै अब स्वास्थ्यकालागि आवश्यक सामग्री व्यवस्थापनको लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारविच सहकार्य र समन्वयगर्ने बताउनुभयो । सांसद गर्बुजाले जिल्लाका सबै वडाका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन आफुले थप पहलगर्ने बताउनुभयो । साथै उहाँले म्याग्दीमा प्रदेश र सङ्घबाट भित्रिएका आयोजनालाई गुणस्तरीय र समयमै निर्माण सम्पन्नगर्न सबै चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

निर्माण व्यवसायी भुपेन्द्र खड्काका अनुसार, दुई तलाको भवनमा दुई वटा आवासीय प्रयोजन सहित ९ वटा कोठा, सार्वजनिक सौचालय लगायत संरचना निर्माण भएका छन् । भने सोलार वाटर हिटर र इन्भटर पनि जडान गरिएको छ ।

१८ महिनामा निर्माण सम्पन्नगर्ने लक्ष्य सहित सम्झौताभएपनि समयमै जग्गाव्यवस्थापन नहुँदा थप गरिएको आठ महिना समाप्ती अगावै पुसमा भवन निर्माण सकेर आइतबार हस्तान्तरण गरिएको भवननिर्माण आयोजना कार्यालय प्रमुख सुनिता श्रेष्ठले बताउनुभयो । भुकम्प प्रतिरोधी र अपाङ्गमैत्री भवन निर्माण भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्यचौकी इञ्चार्ज सुकमति गर्बुजाले पहिले साँघुरो कोठा भएका भवनबाट सेवादिँदै आएको बताउनुभयो । उहाँले भवन निर्माण भएपछि स्वास्थ्य सेवाप्रवाहमा सहजहुने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले आठ लाखमुल्य बराबरको पाँच रोपनी जग्गा चार लाख रुपैयाँमा प्रदान गर्नुभएको थियो । जग्गा खरिदकालागि अध्यक्ष भण्डारी र वडा नम्वर ४ का निवर्तमान वडा अध्यक्ष रुकबहादुर गर्बुजाको नेतृत्वमा आर्थिक सहयोग रकम सङ्कलन गरिएको थियो । कार्यक्रममा जग्गादाता थजालीलाई सम्मान समेत गरिएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडा अध्यक्ष पविन गर्बुजा, वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारी, स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाही लगायतले बोल्नुभएको थियो । पञ्जिकरण शाखाकी फिल्ड सहायक फुलमाया गर्बुजाले संचालन गर्नुभएको कार्यक्रममा दर्मिजा स्वास्थ्य इकाइकी अहेव बिमा पाइजाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनता माविका विद्यार्थी र शिक्षक, आमा समुह, क्लबका कलाकार, स्वास्थ्यकर्मी लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

 

You can share this post!

अमरज्योती माविले ६१ औ वार्षिकोत्सव मनायो

बेनी अस्पताल भवन निर्माणलाई गति दिन पहल गर्छुः काँग्रेस नेता पौडेल

Related posts