एनआरएनको अध्यक्षमा उम्मेदवार घोषणा गरेका विनय अधिकारीको समर्थन रविनालाई

काठमाडौं । गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनएको ११ औं महाधिवेशनमा विनय अधिकारीले अध्यक्षमा रविना थापालाई सर्मथन गर्नु भएको छ । यहाँ भन्दा अगाडि आफु पनि अध्यक्षको उम्मेदवार रहेको बताउनु भएको अधिकारीले एनआरएनएको अध्यक्षमा थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी नरहने बताउनु भएको हो । सोमबार काठमाडौं स्थित सोल्टी होटलमा रविना थापाले अध्यक्षमा उम्मेदवारी दर्ता गर्दा अधिकारी आफै थापाको प्रस्ताव बस्नु भएको छ ।


बेलायतमा बस्दै आउनु भएको अधिकारी सहित अमेरीकामा बस्ने गगनकुमार गुरुङ, सुरेश कोइराला र जापानबाट विष्णुकुमारी बानियाँ थापाको प्रस्ताव बस्नु भएको छ । एनआरएनएको १० औं महाधिवेशनमा विवादका कारण अध्यक्षका उम्मेदवार रहनुभएकी थापा सहित कुल आचार्य र डा. बद्री केसीलाई ६/६ महिना कार्यकारी हुनेगरी अध्यक्षमा सर्वसहमत चयन गरीएको थियो । ६ महिनाको कार्यकाल मात्रै कार्यकारी रुपमा रहेर काम गर्दा थापाले एनआरएनएमा भित्र धेरै सुधारका काम गरेको कारण काम गर्न व्यक्तिलाई एनआरएनएको पुर्ण कार्यकाल अध्यक्ष बनाउनु पर्ने भन्दै अधिकारीले थापालाई समर्थन गरेको बताउनु भयो । उहाँले महिला, युवा र सबैलाई मिलाएर लैजान सक्ने, एनआरएनएमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने अहिलेको अवस्थामा एक मात्रै उम्मेदवार रविना थापा रहेको बताउनु भएको छ ।


अध्यक्षका उम्मेदवार बन्ने बताएका अधिकारीले रविना थापालाई सहयोग गरेसंगै एनआरएनएको अध्यक्षमा थापा बलियो उम्मेदवार बन्नु भएको छ । अधिकारी संगै धेरै प्रतिनिधिहरुले उहाँलाई सहयोग गरेको र जित हुने सम्भावना धेरै रहेको थापाका प्रस्तावक गगन कुमार गुरुङले बताउनु भएको छ । अध्यक्षको उम्मेदवार रहनु भएको थापाले ६ महिनाको कार्यकालमा गरेको कामका करण साथिहरुले पुनः उम्मेदवार बन्न आग्रह गरेकोले आफु उम्मेदवार भएको र निर्वाचित भएमा एनआरएनए स्थापना गर्दा जुन उद्देश्य राखिएको थियो त्यो उदेश्य पुरा गर्ने बताउनु भयो । हिमाली जिल्ला म्याग्दीमा जन्मीनु भएकी थापा हाल अमेरीकामा बस्दै आउनु भएको छ । उहाँको कर्म घर काँस्की हो । थापाले ६ महिना कार्यकारी अध्यक्षका रुपमा रहेर काम गर्दा संघ भित्र आर्थिक पार्दशिताको कुरा जोडबलले उठाउनु भएको थियो । साथै थापाकै कार्यकालमा एनआरएनएको विधान, सांगठनिक तथा आर्थिक प्रतिवेदन गतिविधि लाई व्यापक छलफल गरेर सर्वसम्मतले अनुमोदन गराउनु भएको थियो ।

 

You can share this post!

समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको २२ कोठे भवन उद्घाटन

म्याग्दीका छ वटा सडक कालोपत्र हुने

Related posts