नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश सरकारका पुर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपालको राजनैतिक भविष्य अन्धाकार भएको बताउनु भएको छ । शुक्रबार एमाले म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गुरुङले नेपालले राजनैतिक अत्महत्या गरेको कारण उनको भविष्य अन्धकार हुने बताउनु भएको हो ।
उहाँले हिजो एमाले फुटेर माले बन्दा, किरण बैद्यले माओवादी फुटाउँदा, बाबुराम भट्टराइले माओबादी फुटाउँदा वा आज एमाले बाट फुटेर गएका केही नेताहरुले एकिकृत समाजबादी बनाउँदा उक्त पार्टीहरुले बोकेको समाजबादी सिद्धान्त बैज्ञानिक समाजबाद नभएर दक्षिणपन्थि, अवसर बादी समाजबाद रहेको बताउनु भयो । बास्तविक समाजबाद एमाले सँगनै रहेको उहाँले बताउनु भयो । उहाँले माधव नेपाल कहिल्यै विचार, सिद्धान्त, परिवर्तन मुखि आन्दोलन र मजबुत संगठनको कुरा नगर्ने खाली पद, मान र सम्मानको मात्रै कुरा गर्ने अवसरबादी नेता भएको बताउनु भयो ।
त्यसैगरी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङले माधव नेपाल गम्भीर बैचारीक बिचलनका कारण पार्टी छाडेर गएको आरोप लगाउनु भयो । कम्युनिष्ट विचार नभै मैखाउँ, मैलाउँ भन्ने सामन्ती सोच र बिचारले नेपालको राजनैतिक यात्रा धरापमा परेको नेता गुरुङले बताउनु भयो । उहाँले पार्टी फुट्नु आफैमा राम्रो नभएको तर पार्टीलाई सुद्धिकरण गर्नु पर्ने बेलामा कुचो लगाएर बडार्नु पर्ने कसिंगर हावाले उडाएर लगेको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले नै रहेको बताउँदै कोही पनि नेता तथा कार्यकर्ताहरु कम्युनिष्ट आन्दोलनमा विचलीत नहुन आग्रह गर्नु भयो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य नवराज शर्मा, नेकपा एमाले बाग्लुङ्गका अध्यक्ष तथा प्रदेश सभा सदस्य ईन्द्रलाल सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला भरीका करीब १ हजार अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको भेला, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देबेन्द्रबहादुर केसीको स्वागत र सचिव बालकृष्ण सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।