सानै उमेरमा आमाको मृत्यू भए सँगै घरमा भएका सुस्त मनस्थितीको बुबा हुदाँ हुदै पनि अनाथ जस्तै भएकी रिमा पाण्डेलाई उच्च शिक्षा हाँसिल गर्न समस्या परेको छ । मंगला गाँउपालिका १ पुर्ण गाउँ घर भएकी रिमाले म्याग्दी सदरमुकाम बेनीमा बाल संगठनद्धारा सञ्चालित बाल गृहमा बसेर नर्सरी देखि कक्षा १० सम्म माउण्ट एभरेष्टमा अध्ययन गरीन ।
अध्ययनमा अब्बल रहे पनि आर्थिक समस्याका कारण थप उच्च शिक्षा हासिल गर्न गाह्रो भएको उनले बताइन् । अब बाल गृह छाड्नु पर्छ त्यसपछि खै कसरी कहाँ पढ्ने त्यस बारेमा आफुलाई कुनै जानाकारी पनि छैन । पढ्ने ठुलो धोका छ तर आर्थिक अभावका कारण कसरी पढ्ने भनेर आँखा रसाउने गर्छन् उनले भनिन् ।
घरमा आपाङ्गता भएका बुबा र बेनीमा एक होटलमा काम गरी जिवीको पार्जन गर्दै आएका दाई हुनुहुन्छ । दाई पनि बल्ल तल्ल ७÷८ हजार महिनामा कमाउनु हुन्छ । त्यती पैसाले दाइृ आफैलाई पुग्दैन म खै कसरी पढ्ने । बाल गृहमा बस्दा खान बस्नको र पढ्नका लागि कुनै समस्या परेको थिएन तर अहिले बाल गृहबाट निस्कीदाँ एकै पटक ठुलो समस्या थपिएको छ भन्दै गर्दा उनका आँखा रसाए । पढ्न मन छ, खै कसरी पढ्ने, कसैले सहयोग गरेर पढ्ने वातावरण मिले पढ्ने धोका छ रिमाले भनिन् ।
बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले वाल संगठनले अहिले सम्म अध्ययन गराए पनि थप उच्च शिक्षा हासिल गर्नका लागि आफन्तको जिम्मा लगाउने गरेको बताउनु भयो । उहाँले उनलाई खान बस्नको व्यवस्थापन हुन सके उच्च शिक्षा हासिल गर्दा विद्यालय, क्याम्पसमा तिर्नुपर्ने खर्चको व्यवस्थापन आफुले गर्ने बताउनु भयो ।
सानै उमेरमा आमाको मृत्यू भए पछि गाउँलेको सहयोगमा रिमालाइृ बाल संगठनमा राखिएको थियो । बाल संगठनमा बसेर उनले एसईई पास गरीन् । अध्ययनमा रुचि राख्ने उनि उच्च शिक्षामा व्यवस्थापन विषय लिएर अध्ययन गर्ने धोका रहेको बताउँछिन् । अध्ययन गरेर सफलता प्राप्त गरेपछि अनाथ वालवालिकाको क्षेत्रमा काम गर्ने इच्छा रहेको बताउँदै आर्थिक समस्याका कारण आफ्नो उद्देश्य माथि तुसारापात पर्न गएको उनको भनाइ छ ।
उनलाइ सहयाेग गर्नका लागि ९८५७६२४६०१ वा ९८६७७४३९८० मा सम्पर्क गर्न सक्नु हुन्छ ।