जनताका आवश्यकता अनुसारको विकासमा सहकार्य गरौँः गण्डकी प्रदेशसभा सदस्य भण्डारी

म्याग्दी । गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले जनताको आवश्यकता अनुसारको विकास निर्माणमा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ ।

रघुगंगा गाउँपालिका वडा नम्वर २ को आर्थिक बर्ष २०८९÷८० को बार्षिक समिक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले विकास गर्ने थलो स्थानीय तह नै रहेकोले तीनै तहका सरकार बीच जनताका माग अनुसारका विकास निर्माणमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माणका कार्यहरु एउटै गाउँठाउँमा गर्नुपर्ने हुन्छ । तसर्थ तीनै तहको समन्वय र सहकार्यबिना समृद्धि र विकास सम्भव छैन ।”

वडानम्वर २ का जनताले सार्वजनिक सुनुवाईमा उठाउनुभएको सिचाई, खानेपानी, सडक, पहिरो नियन्त्रणमा आगामी दिनमा जिम्मेवार भएर सम्वन्धीत निकायमा पहल गर्ने समेत बताउनुभयो । उहाँले उपस्थित भगवतीबासीलाई आफ्नो गाउँठाउँमा भएका समस्यालाई समाधान गर्न भेटघाट, फोन र म्यासेजमार्फत जानकारी गराउन समेत आग्रह गर्नुभएको थियो ।

“एक घर एक धारा अभियान अन्तरगत नपुगेको ठाउँमा धारा बनाउन बजेट विनियोजन भएको, बृहत चिमखोला खानेपानी आयोजनालाई अघि बढाउन गाउँपालिकाबाट समन्वय गरेर संघीय खानेपानी कार्यालयबाट यस बर्ष ठेक्का प्रक्रिया अघि बढाउने किसिमले पहल भएको छ”, प्रदेश सदस्य भण्डारीले भन्नुभयो ।

“प्रदेश सदस्यमा तलव भत्तामात्र खान गएका होईनौ, प्रदेस सदस्य भएको आठ महिनामा जिल्लामा अलपत्र सडकलाई अघि बढाईएको, विद्युत नपुगेको ठाउँमा विद्युत पुर्‍याउन संघबाट पहल गरिएको, बेनी– पाखापानी सडकलाई बहुबर्षिय ठेक्कामार्फत ४ करोड विनियोजन गरिएको, मुक्तिधाम माविमा होस्टेल भवन निर्माण गर्नका लागि ७० लाख बजेट संघबाट छुटयाईएको छ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा सडकको स्तरोन्नती, आमासमुहको भवन, सिचाई, पक्की विद्यालय भवन, पहिरो निन्यत्रणमा यहाँको मागअनुसारको बजेट विनियोजन गर्न पहल गर्ने भण्डारीको भनाई थियो ।

You can share this post!

जलजलाको पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

म्याग्दी कलाकार संघद्वारा संरक्षक र सल्लाहकार चयनः तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी

Related posts