म्याग्दीको पर्यटन प्रवर्धनका लागि मोना अष्ट्रेलियाले फोटो प्रतियोगिता आयोजना गर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । जिल्लाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मोना अष्ट्रेलियाद्वारा संचालित म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक ग्रुपले प्रतियोगिता संचालन गर्नेभएको हो ।

यहि साउनको ६ गतेबाट प्रतियोगिता सुरु हुनेछ । साउनको ९ गतेभित्र फोटो पोष्ट गरिसक्नुपर्नेछ । भने साउनको ३० गते प्रतियोगिता सम्पन्न हुनेछ । म्याग्देलीद्वारा म्याग्दीका लागि भन्ने फेसवुक ग्रुपमा पोष्ट गरिएको फोटोमा सवैभन्दा धेरै लाईक र कमेन्टका आधारमा पुरस्कृति गरिने संयोजक बाबुराम पौडेलले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय पुरस्कार क्रमशः २० हजार, १० हजार र ५ हजार नगद, ट्रफि र प्रमाणपत्र राखिएको छ ।
प्रतियोगिहरु म्याग्दी जिल्लाकै स्थायी बासिन्दा हुनुपर्ने, म्याग्दी जिल्लाकै कुनैपनि पर्यटकीय स्थल वा पर्यटकीय सम्भावना बोकेका स्थलहरुको फोटो पोष्ट गर्नुपर्ने, एकजना प्रतियोगिले एउटैमात्र फोटो पोष्ट गर्न पाउने, फोटोमा त्यस स्थानको बारेमा कम्तिमा ३० शब्दमा बर्णन गर्नुपर्ने लगायतका नियम बनाईएको उपसंयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, नयाँ पर्यटकीय गन्तव्यको खोजी तथा पर्यटन प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिकाले आगामी दिनमा पनि मोना अष्ट्रेलियाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने र पुरस्कार राशी पनि वृद्धि गर्दै लगिने मोना अन्तराष्ट्रियका प्रवक्ता हिक्मत श्रेष्ठले बताउनुभयो ।

You can share this post!

साउनको पहिलो सोमवार गलेश्वरमा साढे ३ लाख बढी भेटी संकलन

बेनीको कालिपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन

Related posts