साउनको पहिलो सोमवार गलेश्वरमा साढे ३ लाख बढी भेटी संकलन

म्याग्दी । म्याग्दीको बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार एकै दिनमा साढे ३ लाख बढी भेटी संकलन भएको छ ।

साउनको पहिलो सोमबार गलेश्वर शिवालयमा पुजापाठका लागि आएका भक्तजनबाट रु ३ लाख ६५ हजार ६४५ रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, रसिदबाट रु ३१ हजार ३७८ र भेटीबाट रु ३ लाख ३४ हजार २६७ रकम संकलन भएको हो । मंगलवार विहान सरोकारवालाहरुको उपस्थितिमा भेटी रकम गणना गरि सार्वजनिक गरिएको हो । कोषले मन्दिरमा भक्तजन र सहयोगदाताबाट संकलन हुँदै आएको भेटी र सहयोग रकमलाई गणना गरेर बैँकमा जम्मा गर्दै आएको छ ।

साउन महिनाको सोमबार भगवान शिवको पुजाआराधना गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा २० हजार बढी भक्तजनले पुजापाठ गरेको कोषले जनाएको छ ।

शालीग्राम शिला पाईने एक मात्रै कालीगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेका छन् ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारीक सुख, शान्ति, ऐश्वर्य प्राप्ती हुने धार्मीक विश्वास रहेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

You can share this post!

तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्वः अध्यक्षमा खड्का चयन

म्याग्दीको पर्यटन प्रवर्धनका लागि मोना अष्ट्रेलियाले फोटो प्रतियोगिता आयोजना गर्ने

Related posts