७५ नाघेका जेष्ठ नागरिकलाई लौरो र थर्मस उपहार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस वितरण गरिएको छ । वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७५ बर्ष नाघेका १ सय ३० जना ज्येष्ठ नागरिकलाई जनही १ थानका दरले लौरो र थर्मस वितरण गरिएको हो ।

जेष्ठ नागरिकको ज्ञान, सिप, अनुभव आदान प्रदान तथा समस्याका बारेमा जानकारी लिने अभियान अन्तरगत भेटघाट तथा सहयोग हस्तान्तरणमा वडा अध्क्ष चक्र केसी, सदस्यहरू झलक विक, गंगा पूरी, शारदा विक र वडा सचिव रमेश जिसीले उक्त सामग्री प्रदान गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकले राज्यबाट पाउने सेवा सुविधा, हक अधिकारका अझै अपुग भएपनि वडाले हरेक गतिविधिमा जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने वडा अध्यक्ष केसीले बताउनुभयो ।

‘जेष्ठ नागरिकले समाजमा सभ्यता र संस्कार सिकाउनुभएको छ,‘हामीले सिमित बजेटबाट नियमित उहाँहरुसँग जोडिने प्रयास गरेका छौ’ वडा अध्यक्ष केसीले भन्नुभयो । उहाँले जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा त्यसले समाज विकास र सुधारमा महत्वपूर्ण भुमिका पुग्ने भएकाले आगामी दिनमा उक्त कार्यक्रमलाई समेत प्राथमिकता दिने बताउनुभयो ।

वडाभित्र सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिकको संख्या धेरै भएकाले यसपटक ७५ बर्ष नाघेकालाई वितरण गरिएको र आगामी बजेटमा ६० देखि ७४ बर्ष उमेरकालाई समेत विभिन्न कार्यक्रमहरुमार्फत समेट्ने बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा ढोल्टानकी ८७ बर्षिया फिस्टी शाहीले बुढेशकालमा पाएको लौरो र थर्मससँगै भत्ता समेत घरदैलोमै आएर उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

उहाँजस्तै ८० बर्षका डण्डे विक, तोरिपानीका ९३ बर्षिय चुडामणी उपाध्याय, ९३ बर्षिय टेकबहादुर बानियाँले जेष्ठ नागरिकलाई भजन कृतन गर्ने मनोरञ्जन स्थल निर्माण गर्न समेत अनुरोध गरेका थिए । टोलटोलमा पुगेर सहयोग हस्तान्तरण गर्दा जेष्ठ नागरिक निकै उत्साहित देखिएका थिए ।

You can share this post!

प्रतिष्ठान म्याग्दीद्वारा निशुल्क योग शिविर संचालन

बाह्रै महिना यातायात चल्ने सडक निर्माण गर्न लुलाङबासीको माग

Related posts