बेनी नगरपालिकामा करिव ३८ प्रतिशत विकास बजेट खर्च हुन वाँकी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा चालू आर्थिक बर्षको ११ महिनामा विकास बजेट ६१.७८ प्रतिशत खर्च भएको छ । पुँजीतगततर्फ रहेको कुल २९ करोड ३७ लाख ३८ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ४७ लाख ३३ हजार रुपैयाँ ( ६१.७८) खर्च भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सार्वजनिक सुनुवाई जानकारी दिनुभयो ।

करिव एक महिनामा ३८ प्रतिशत विकास बजेट खर्च गर्नुपर्ने देखिएको छ । म्याग्दीमा स्थानीय तह, संघ र प्रदेशका कार्यालयको असारमा विकासतर्फ बढी रकम भुक्तानी गरिने समस्या समाधान हुन सकेको छैन् ।

बेनी नगरपालिकाले आज जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको २०८०÷८१ को नीति योजना कार्यक्रमको सुझाव संकलन तथा चालू आर्थिक बर्षको तेस्रो चौमासिकसम्म भएका विकास र सेवाप्रवाह विषयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढकालले कुल बजेटको ११ महिनामा ६८.९७ प्रतिशत प्रगति गरेको जानकारी गराउनुभयो ।

नगरको कुल ७९ करोड १८ लाख १३ हजार रुपैयाँ बजेटको समग्रमा ६८.९७ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ४९ करोड ८० लाख ७४ हजार रुपैयाँ बजेटमध्ये ३५ करोड ७२ लाख ६३ हजार रुपैयाँ (७१.७२) बजेट खर्च भएको उहाँले जानकारी गराउनुभयो ।

नगरले जेठ मसान्तसम्म ४ करोड २६ लाख ७२ हजार १४० रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो । नगरको चालू आर्थिक बर्षको कुल प्रक्षेपित राजश्व ४ करोड २३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

बेनी नगरले चालू आवमा ४ हजार ७ जनालाई कुल तीन करोड ६९ लाख ५६ हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता वापत वितरण गरेको छ ।
नगरबासीको उपस्थितमा गरिएको सार्वजनिक सुनुवाईमा नगरको विषयगत शाखाको प्रगति पनि सार्वजनिक गरिएको थियो ।
नगरप्रमुख सुरत केसीको अध्यक्षता, उपप्रमुख ज्योती लामिछानेको स्वागत तथा प्रमुख प्रशासकिय अधिकृत ढकालले प्रगति प्रस्तुत गरेको कार्यक्रममको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो ।

You can share this post!

क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल चयन

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

Related posts