क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल चयन

म्याग्दी । जिल्ला क्रिकेट संघ म्याग्दीको अध्यक्षमा प्रविण पौडेल चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको संघको दोस्रो अधिवेशनबाट पौडेललको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा कर्णबहादुर घिमिरे, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा सौरभ किसान रहेका छन ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सुरज भट्टराई, अजय हिमाल, सचिन कार्की, शंकर घिमिरे, शिसिर दगामी मगर, हरी सुवेदी, प्रशान्त पौडेल, होम सुवेदी लगायत चयन भएको संघका सचिव आचार्यले जानकारी दिनुभयो ।

नवगठित समितिलाई बधाई ज्ञापन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले क्रिकेट खेलमा नेपालले फड्को मार्दै गएकाले खेल र खेलाडिको विकासका लागि राष्ट्रले लगानी बढाउनपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसी लगायतको उपस्थिति रहेको थियो । क्रिकेट संघ म्याग्दीका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लक्ष्मण कटुवालले गर्नुभएको थियो ।

You can share this post!

म्याग्दीका गायक रवि कार्की बाग्लुङ पञ्चकोटमा सम्मानित

बेनी नगरपालिकामा करिव ३८ प्रतिशत विकास बजेट खर्च हुन वाँकी

Related posts