म्याग्दी । म्याग्दीका लोकप्रीय कलाकार रवि कार्की बाग्लुङ पञ्चकोटमा सम्मानित हुनुभएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औँ विश्वशान्ति गण्डकी महासभाको अवसरमा लोक दोहोरी गायक कार्कीलाई सम्मान गरिएको हो ।
‘मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोट’ बोलको गीत तथा अभिनय गरेर पर्यटकीयस्थल पञ्चकोटलाई विश्वसामु चिनाउन योगदान गरेको भन्दै गायक कार्कीलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगदसहित सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
इ–नेपाल रोधीघरको युट्युव च्यानलबाट प्रशारण भएको बाग्लुङ पञ्चकोट लाईभ दोहोरीको पहिलो सृङ्खला पञ्चकोटमै पुगेर छायाँकन भएको थियो । आफ्नै सम्झि दिलमा नाम लेख, जाँड खाएको भनेर नहेप जाँड खाएको अभिनय गर्दै कार्कीले गायको यो टुक्काले निकै चर्चा बटुलेको थियो ।
त्यपछि भाग क्रमश भाग ४ सम्म बजारमा ल्याईएको लाईभ दोहोरीले लाखौ दर्शक श्रोताको मन जितेको थियो । अलि अलि सुरुमा गनाउछ, खाइसकेपछि जिरिङ्ग बनाउँछ, जस्ता टुक्काहरुमा लाखौले टिकटक समेत बनाएका छन । यो गीतको अफिसियल गीत समेत भिडियो सहित सार्वजनिक भईसकेको छ । जडियाँको भुमिकामा गायक कार्कीले गायको टुक्का सहितको अभिनयलाई दर्शकले रुचाय पछि कार्कीको लोकप्रीयता समेत बढेको छ ।
नगरपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै गायक कार्कीले बाग्लुङ नगरपालिका परिवार र ई–नेपाल रोधी घरका निर्माता राजन क्षेत्री लगायत सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ । गायक कार्कीका पछिल्लो पटक बजारमा आएका हास्ने बोल्ने गरेको माया बढ्छ, रे रे साईलो, ललिते लगायतका गीतहरु दर्शक श्रोताहरुले रुचाईरहेका छन ।