मुस्ताङबाट पोखरा जार्दै गरेको बस धम्पुमा दुर्घटना

म्याग्दी । मुस्ताङबाट पोखरा जादै गरेको ना ७ ख ७४४० नम्वरको म्याग्दी कोरला यातायातको बस आज विहान थासाङ गाउँपालिका ३ धम्पुमा दुर्घटना भएको छ ।

सडकबाट अनियन्त्रित भई करिव ३० मिटर तल कालीगण्डकी नदिमा बस खस्दा बसमा सवार १७ जना यात्रुहरु घाईते भएका छन ।
विहान करिव ८ बजेतिर बस दुर्घटनामा परेको थियो । दुर्घटनापछि घाईतेहरुलाई स्थानीय तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएका प्रहरीको टोलीले उद्धार गरेका थिए ।

घाईतेहरुलाई दुईवटा एम्वुलेन्समा उपचारका लागि पोखरा लगिदै छ । सवै घाईतेहरुको अवस्था गम्भिर नरहेको म्याग्दी कोरला यातायातका संचालक मोहन केसीले बताउनुभयो ।

बसमा १२ पुरुष, ४ महिला र १ बच्चा सवार रहेका थिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तस्विर नविन पुन

 

You can share this post!

प्रथम सहिद लखन थापा मगरको १४६ औँ स्मृती दिवसमा दीप प्रज्वलन

धौलागिरि चक्रीय पदमार्गको विकासमा पहल थालियो

Related posts