म्याग्दी क्याम्पसमा शिक्षा संकायमा डिग्री तहको अध्यापन हुने

म्याग्दी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा रहेको साविक धौलागिरीमा नै गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) को मान्यता प्राप्त एक मात्र क्याम्पस, म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक वर्ष २०७९=२०८० देखि त्रिभुवन विश्वविद्यालयको संबन्धनमा शिक्षा संकायमा सेमेष्टर प्रणालीको स्नातकोत्तर तहका कक्षाहरु सञ्चालन गर्ने भएको छ ।

क्याम्पसले यसै शैक्षिक वर्षदेखि अंग्रेजी र शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातकोत्तर तह भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने सूचना प्रकासित गरिसकेको छ । अग्रेजी विषयमा एमएड अध्ययन गर्नका लागि अंग्रजी विषयमा विएड उत्तिर्ण र इपिएम विषय अध्ययन गर्न विएड उत्तिर्ण भएको हुनु पर्ने छ ।

प्रवेश परीक्षामा सहभागी हुन चाहने विद्याथीैहरुले आवश्यक प्रकृया तथा जानकारीका लागि क्याम्पसको आधिकारिक फेसवुक पेज हेर्न वा क्याम्पस प्रशासनमा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।

जिल्लामानै शिक्षा विषयमा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालन नहु“दा स्नातक तह उत्तिर्ण गरी वीचमानै अध्ययनलाई छोड्नु पर्ने अवस्था रहि आएको थियो भने विभिन्न विद्यालयहरुमा अध्यापनरत शैक्षिक जनशक्तिले आफ्नो योग्यता वृद्धि गर्ने अवसरवाट वञ्चित रहनु परेको थियो ।

शिक्षा संकायमा स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्न क्याम्पसका पुर्व विद्यार्थीहरु लगाएत सरोकारवालाहरुवाट विगतदेखि माग भएको थियो । त्रिभुवन विश्वविद्यालयवाट लामो समय पश्यात कार्यक्रम सञ्चालनका लागि निवेदन माग भए वमोजिम क्याम्पसले पनि उक्त कार्यक्रम सञ्चालनको अनुमति प्राप्त गरेको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

क्याम्पसले व्यवस्थापन संकायमा स्नातकोत्तर तहका कक्षा २०७६ सालदेखि सञ्चालन गर्दै आएको थियो । क्याम्पसमा हाल कक्षा ११ र १२, स्नातक तहमा वि.ए., वि.वि.एस्., वि.एड.र वि.आइ.सि.टि.इ. तथा स्नातकोत्तर तहमा एम.वि.एस. कार्यक्रहरुमा करिव १२०० विद्यार्थीहरु अध्ययनरत छन् ।

You can share this post!

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

आँखा शिविरमा करिव २५ सयको परिक्षण

Related posts