बेनपा–५ उपल्लाचौरमा गठवन्धनका कार्यकर्ताद्वारा दलित महिलालाई कुटपिट

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –५ पुलाचौर उपल्लाचौरमा दलित महिला तथा बालकहरु माथि आक्रमण भएको छ ।  शुक्रबार बेलुकी साढे ७ बजेतिरको समयमा घरमै बसिरहेका दलित महिला दिल कुमारी परियारलाई नेपाली काँग्रेस र नेकपा माओवादीका कार्यकर्ताहरुले कुटपिट गरेका हुन । कुटपिटबाट परियार सहित स्थानीय चन्द्र बहादुर भण्डारी गौरव रामदाम, विशाल रामदाम, शान्ती परियार लगायत घाईते भएका छन । उनिहरुको अनुहार, टाउको लगायतका स्थानमा चोट लागेको छ ।

युवाहरुको समुहले उपल्लाचौर स्थित दलित बस्तीमा प्रवेश गरि डर धम्की सहित उनिहरुलाई कुटपित गरेका पिडित दिल कुमारी परियारले बताउनुभयो । विभिन्न प्रलोभन देखाउदै गठवन्धनलाई भोट हाल्न बाध्य बनाएको र उनिहरुले त्यसलाई अस्वीकार गरेपछि कुटपिट गरेको पीडितहरुको भनाई छ ।

अनुहारमा चोट लागेका दलित महिला तथा टाउकोमा चोट लागेका बालकहरु रुदैँ गरेका भिडियाहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन । स्वइच्छाले आफुलाई मन परेको पार्टी तथा उम्मेदवारहरुलाई भोट गर्न पाउने अधिकारलाई हनन गरि मतदातालाई प्रभावित बनाउन घटाईएको यो घटनाको घोर विरोध तथा भत्र्सना गरिएको छ । दोषिलाई कडा कार्वाही गर्न समेत माग गरिएको छ ।

संयमित र मर्यादित तरिकाले निर्वाचनलाई सफल बनाउनुको सट्टा गठवन्धनबाट भएको यो अमानवीय र असामाजिक व्यवहार अत्यन्तै गलत भएको नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तिलक भारतीले भने घटना सामान्य भएको बताउनुभएको छ । निर्वाचनको समयमा राजनैतिक प्रतिसोधकै कारण घटना भएको भन्दै प्रनाउ भारतीले तत्कालै सुरक्षा निकाय घटना स्थलमा पुगी झगडालाई साम्य पारिएको बताउनुभयो ।

 

 

 

You can share this post!

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधिमात्र बस्न पाउने

म्याग्दीमा ५८ प्रतिशत बढी मत खस्यो, मतपेटिका संकलन सुरु

Related posts