भोट माग्दै कृषकका खेतबारीमा एमालेका उम्मेदवार (तस्विर सहित)

म्याग्दी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन –२०७९ मा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले जनताको घरदैलो र खेतवारीमा समेत पुगेर भोटको अपिल गर्नुभएको छ ।

सोमवार उहाँहरुले म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरमा खेतमा धान काट्न र झाँट्न व्यस्त कृषकहरुलाई खेतमै पुगेर मंसिर ४ मा सूर्य चिन्हमा भोट गरि आफुहरुलाई विजयी गराउन अनुरोध गर्नुभएको हो ।

एमाले सरकारको पालामा प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाको पहलमा बजेट विनियोजन भई कालोपत्रे गरिएको रत्नेचौरको सडक र निर्माणको अन्तिम चरणमा पुगेको रत्नेचौर –कुँडुले जोड्ने अग्लो र लामो झोलुङे पुलले रत्नेचौर आकर्षक पर्यटकीय स्थल बन्न थालेको भन्दै थप विकासका लागि एमालेलाई जिताउन आग्रह गरिएको थियो ।

घरदैलो अभियानमा रत्नेचौरका मतदाताहरुबाट जितको लागि शुभकामना सहितका सकरात्मक प्रतिक्रिया आएको नेकपा एमाले बेनी नगरकमिटी उपसचिव लक्ष्मण कटुवालले बताउनुभयो ।

अभियानमा नेकपा एमालेको प्रदेश कमिटी सदस्य एवम् राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, बेनी नगरपालिका वडा नम्वर ७ का निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

You can share this post!

परिवर्तनका निम्ती गठवन्धनले जित्ने उम्मेदवार तथा नेताहरुको भनाई

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालको प्रतिवद्धताः ‘जिल्लाको मुहार फेर्छाैँ फेर्छौँ’

Related posts