जन्मदिनको अवसर पारेर वालगृहमा बसेका बालवालिका लाई लत्ताकपडा सहयोग

छोराको जन्मदिनको अवसरमा फजुल खर्च कटाएर वाल गृह म्याग्दीमा बसोबास गर्ने १३ जना वालवालिका हरुलाई एक दम्पतीले लत्ताकपडा सहयोग गरेका छन् । बेनपा ६ निवासी भोजबहादुर ( कुमार ) थापा र हेमा छन्त्याल थापाले छोरा इमरन थापको ७ औं जन्म उत्सवको अवसरमा बालवालिका हरु लाई सहयोग गरेका हुन् ।


जन्मदिनको अवसरमा आगन्तुक चलन, केक काट्ने, भाेज गर्ने, परिपाटी बसिरहेको अवस्थामा दम्पितीले सो चलन लाई छाडेर वालगृहकमा बसोवास गर्ने १३ जना वालवालिकालाई १० हजार बराबरको लत्ताकपडा सहयोग गरेका हुन् ।नेपाल बाल संगठनका केन्द्रीय सदस्य अध्यक्ष नयनकुमार श्रेष्ठको अध्यक्षतामा थापा दम्पतीले सहयोग गरेका हुन् । थापा युवा संग नेपालका केन्द्रीय सदस्य तथा बेनी यातायात प्रा.लिका कार्यकारी प्रमुख समेत हुन् ।

नेपाल वाल संगठनका म्याग्दीका सचिब ज्ञान गिरि संचालन, संगठनका कोषाअध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, समाजसेवी लालु किसान ,दलित युवा सञ्जालका अध्यक्ष किसान बि.क लागएतको उपस्थितिमा लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

You can share this post!

नेपालमा कोरोना भाइरसका ५० हजार भन्दा बढी संक्रमीत ब्यत्तीहरू निकाे भएर घर फर्किए

आफन्तकोमा बसेर फर्किएको परिवारमध्ये सानीको परिवारका १ जनाबाहेक सबैलाई पहिरोले यो साल पनि कट्न दिएन

Related posts