बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नं। ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् ।

घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धका उम्मेदवारलाई भोट हाल्न आग्रह गर्दै मददाता शिक्षा भोट हाल्ने तरिका सिकाउदै घरघरमा पुगेका थिए ।
घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि भण्डारीले जिल्लाको विकासका लागि यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खमबहादुर गर्बुजा खम्बीर र म्याग्दी प्रदेश सभा क्षेत्र क मा आफुलार्ई बिजयी गराउन आग्रह गर्नुभएको थियो । घरदैलो अभियानमा

नेपाली कांग्रेसका उपसभापती तथ गठवन्धनका निर्वाचन परिचालन समितीका संयोजक केबी भण्डारी, उपसभापती हरिकुमार श्रेष्ठ, प्रदेश सभा निर्वाचन क्षेत्र ख का सभापती ओम छन्त्याल, बेनी नगरपालिका वडा नं ८ र ७ का कांग्रेस र नेकपा माओवादी का वडा कमिटीका पदाधिकारी तथा सदस्य हरु लगायतका नेताहरुले घरदैलो गरि गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।

You can share this post!

‘सामाजिक र आर्थिक रुपान्तरण सहितको विकास मेरो एजेन्डा हो’ एमाले उम्मेदवार गर्वुजा

गठबन्धनका उमेदवारको प्रतिवद्धताः मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउँछौँ

Related posts