भदौ २१ गते देखि हराएका खत्री रघुगंगा नदि किनारमा मृत अवस्थमा फेला

गत भदौ २१ गते देखि बेपत्ता बनेका म्याग्दीको बेनी नगरपालिका ९ काउलेगौंडाका ४३ बर्षीय लोकबहादुर खत्री मृत अवस्थमा भेटीएका छन् । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको रघुगंगा नदि र कालिगण्डकी नदिको दोभान भन्दा थोरै माथि खत्री मृत अवस्थमा भेटीएका हुन् । मानसिक सन्तुलन गुमाएका खत्री भदौ २१ गते देखि घरमा सम्पर्क नरहेको भएको भन्दै उनका आफन्तले भदौं २४ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीका खोजिकार्याका लागि अनुरोध गरेका थिए ।
यस भन्दा अगाडि प्रहरीले र स्थानिय बासीन्दाले खत्रीको खोजतलास गर्दा रघुगंगा नदिको किनारमा चपल फेला पारेपनि खत्रिलाई फेला पार्न सकेका थिएनन् । बुधबार गलेश्वरमा रहेका स्थानिय बासिन्दाहरु कालिगण्डकी नदिमा स्नान गर्न जाँदा मृत अवस्थमा मान्छेलाई देखि पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी मार्फत खत्रीका आफन्तले खत्रीको पहिचान गरेपछि शबको पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको प्रहरी नायव निरिक्षक धुर्व शर्माले बताउनु भयो । घटनाका विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।

You can share this post!

दुइ पुराना सक्रिय संक्रमीत सहित म्याग्दीमा १६ जनामा कोरोना संक्रमण पुष्टि

होम आइसोलेशन बसरेर उपचार गरेका संक्रमितको प्रजिअ अधिकारीको नेतृत्वमा अनुगमन

Related posts