तेजेन्द्र बानियाँ र अमर पुनलाई नाङलो उपहार

म्याग्दी । बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर ४ तंग्राममा रहेको प्रगतिशील युवा क्लवले आयोजना गरेको दिपावली मेलाको अवसरमा भलिबल रेफ्री तेजेन्द्र बानियाँ र अमर पुनलाई स्थानीय भलिबल खेलाडी यामु थापाले नाङ्लो उपहार प्रदान गर्नुभएको छ ।

शुभदीपालीको अवसरमा क्लबले संचालन गरेको पुरुष भलिबलको सेमि फाइनल र फाईनल खेल संचालन गर्न कल्वको निमन्त्रणामा त्यहाँ पुग्नु भएका म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष समेत रहनुभएका भलिबल प्रशिक्षक एवम् रेफ्री बानियाँ र अर्का रेफ्री अमर पुनलाई क्लवले मायाको चिनो र खेलाडी थापाले गाउँमै उत्पादन भएको चोयाको नाङ्लो प्रदान गर्नुभएको हो ।

शुक्रबार सम्पन्न भएको पूरुष भलिबलको फाइनल खेलमा देउराली युवा क्लव हिल प्रथम भएको थियो । आयोजक प्रगतिशील युवा क्लवलाई १ का विरुद्ध ३ सेट गर्दै हिल विजयी भएको हो ।

क्लवको निमन्त्रणामा अघिल्लो बर्ष पनि खेल संचालनका लागि पुग्नुभएको भलिबल प्रशिक्षक तथा रेफ्री बानियाँलाई यस बर्ष पनि क्लवले अतिथिको रुपमा निमन्त्रणा गरेको हो । मान्यता प्राप्त रेफ्रीहरुले खेल संचालन गर्दा खेल विवादरहित तरिकाले सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै क्लव अध्यक्ष धन बहादुर पुनले आभार प्रकट गर्नुभएको थियो ।

अतिथिको रुपमा आउनुभएका रेफ्री बानियाँ र पुनलाई स्थानीय उत्पादन नाङ्लो चिनो दिएर सम्मान गरिएको अध्यक्ष पुनले बताउनुभयो ।
तंग्रामबासीको खेल प्रतिको माया र खेलाडी प्रतिको सम्मानको प्रशंसा गर्दै भलिबल प्रशिक्षक एवम् रेफ्री बानियाँले राष्ट्रिय खेल भलिबल सवैको मन मनमा बस्न सफल भएको बताउनुभयो ।

भलिबल प्रशिक्षक बानियाँले खेलाडीहरु खेलमा अनुशासित र मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि स्थानीय सरकार र सरोकारवाला निकायको निरन्तर सहयोग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

 

You can share this post!

मंगला –३ खर्कमा एमालेको घरदैलो

मतदाता भेटघाटलाई तिव्रताः एमालेका उम्मेदवार जनताको घरआगनीमा

Related posts