नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन

नेपाली काँग्रसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमा ६३ वर्षको उमेरमा सोमबार राति निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसी प्रतिष्ठित उद्योगी समेत हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ । हिमश्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका छन् ।
राजनीतिक जीवनको लामो समय उनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिताए । उनी पोखराको पूर्वप्रधानपञ्च पनि हुन् । पहिलो संविधानसभाको निर्वाचनमा उनी राप्रपाबाटै समानुपातिक सांसद बनेका थिए । प्रतिनिधिसभा निर्वाचनको मुखै उनी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा प्रतिनिधिसभिामा पठाएको थियो ।

You can share this post!

२५ अर्बको ऋण तिरिदिन आग्रह सहित जहाज खरिदका लागि ५ अर्ब माग

जबरजस्ती करणी मुद्दाका फरार भिरमुनिका अभियुक्त १० महिना पछी पक्राउ

Related posts