तिहारको अवसरमा छैटौ छाप मेला आयोजना हुनेः भलिबलको प्रथम पुरस्कार ८५ हजार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ छापमा रहेको छाप युवा क्लवले तिहार पर्वको अवसरमा छैटौ छाप मेलाको आयोजना गर्ने भएको छ । क्लवले कार्तिक २ गतेदेखि ५ गते सम्म सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सहित विविध कार्यक्रम आयोजना गर्न लागेको हो ।

मेलाका आयोजित पालिकाको वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार रु ८५ हजार र द्वितिय पुरस्कार ४५ हजार नगद सहित ट्रफि र मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष मिलन जिसीले जानकारी दिनुभयो ।

त्यस्तै पौढ भलिबल तर्फ प्रथम पुरस्कार खसि र द्वितिय पुरस्कार रु ८ हजार प्रदान गरिनेछ । नामदर्ता कार्तिक २ गते सम्म खुल्ला गरिएको छ । त्यस्तै मेलामा अन्धनिशान, पुरुष लठो, छेलो र भालेछुने प्रतियोगितात्मक खेलहरु संचालन गरिने अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

बर्षेनी तिहार बर्षको अवसरमा छाप युवा क्लवले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्दै आएको छ । खेलकुद तथा कला संस्कृतिको विकास र संरक्षणका लागि बर्षेनी तिहार मेला संचालन गर्दै आएको क्लबले यसपालिकाको तिहार मेलामा पनि खेलकुद संगै जिल्लाका चर्चित कलाकारहरुबाट विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने गरि तयारी गरिएको मेला संयोजक सिदार्थ केसी (रञ्जन) ले बताउनुभयो ।

तिहार मेलालाई भव्यताका साथ सफल बनाउन आवश्यक सहयोग तथा कार्यक्रममा सहभागीता जनाउन समेत क्लवले अनुरोध गरेको छ । छाप युवा क्लवले विभिन्न गतिविधिहरु संचालन गरि सामाजिक कार्यहरुमा समेत सक्रिय रहदै आएको छ ।

You can share this post!

नवौँ राष्ट्रिय खेलकुदः पहिलो चरणको खेल सकियो, भोली क्वाटर फाइनलको ४ खेल हुने

राष्ट्रिय महिला भलिबलः शसस्त्र प्रहरी बल (एपिएफ) सेमिफाईनलमा प्रवेश

Related posts