नेकपा एमालेका उम्मेदवार श्रेष्ठ सहितको टोली मतदाता भेट्न गुर्जामा

म्याग्दी । नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीबाट एकल सिफारिस भएसंगै श्रेष्ठले जिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका –१ गुर्जा सहित गाउँपालिकाको वडा स्तरमै पुगेर कार्यकर्ता तथा मतदाता भेटघाट गर्नुभएको हो ।

जिल्ला सदरमुकाम बेनीबाट २६ कोष टाढा रहेको तथा गाउँपालिकाको केन्द्र मुनाबाट ९ घण्टाको घना जंगल सहितको पैदलमार्गबाट पुग्न सकिने गुर्जामा उम्मेदवार श्रेष्ठ सहितको टोली पार्टीको वडा कमिटी वैठक तथा जनतासंग भेटघाटका लागि पुगेको नेकपा एमाले म्याग्दीका जिल्ला कमिटी सदस्य ईश्वर सुवदीले बताउनुभयो ।

निर्वाचन लक्षित कार्यक्रम लिएर गुर्जावासीहरु संग भेटघाटका लागि यहाँ आएका हौँ, बर्षाको समय असजिलो बाटो पार गर्दै सुन्दर गाउँ गुर्जा आईपुग्दा आनन्दको महसुस भयो, सुवेदीले भन्नुभयो, गर्जाको पर्यटकीय सुन्दरताले थकान मेटाईदियो ।

भेटघाट कार्यक्रममा गुर्जावासीहरुको समस्या, चुनौती र सम्भावनाहरुको विषयमा छलफल भएको थियो । गुर्जावासीहरुले टोली समक्ष सडक, शिक्षा, स्वास्थ्य लगायतको विषयमा जानकारी गराएका थिए । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले गुर्जावासीहरुको समस्या समाधानका लागि आफुले सधै पहल गर्ने बताउनुभएको छ ।

भौगोलिक हिसावमा अत्यन्तै टाढा भएपनि गुर्जा जिल्लाकै बेग्लै महत्व र पहिचान बोकेको ठाउँ भएको भन्दै श्रेष्ठले गुर्जालाई पर्यटकीय गाउँको रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
एकल रुपमा उम्मेदवार सिफारिस भएपछि श्रेष्ठले जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा भेटघाट कार्यक्रमलाई अगाडि बढाईरहनुभएको छ ।

उम्मेदवार श्रेष्ठ सहित गुर्जा पुगेको टोलीमा धवलागिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष रेशम छन्त्याल, जिल्ला कमिटी सदस्य प्रगति कार्की, ईश्वर सुवेदी, रमेश गिरी लगायत सहभागी हुनुहुन्थ्यो ।
दुई कार्यकाल जिल्ला कमिटी अध्यक्ष भएर पार्टी हाँक्नुभएका श्रेष्ठले दुईपटक सम्म जिल्लाबाट एमालेलाई जिताउन सफल हुनुभएको छ । ईमान्दार, कर्मठ, र सामाजिक रुपमा उच्च छवि बनाएका नेता श्रेष्ठ कुशल संगठक तथा नेतृत्वकर्ताको रुपमा समेत परिचित हुनुहुन्छ ।

निर्वाचन लक्षित कार्यक्रमलाई लिएर जिल्लामा एमाले जनताको घरदैलोमा पुग्न थालेपनि अन्य दलहरु भने उम्मेदवारको पखाईमा रहेका छन । गठवन्धनको भावबन्डा अनुसार म्याग्दी काँग्रेसको भागमा परेपनि उम्मेदवारको भने टुङगो लागेको छैन ।

 

 

You can share this post!

म्याग्दी भलिबल संघको प्रवास संरक्षक र सल्लाहकार चयन

बेनीमा डेंगु सार्ने लामखुट्टेको खोजी र नष्ट अभियान

Related posts