मालिकाको दरवाङमा सुआहाराको कार्यशाला गोष्ठी

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउँपालिकाको केन्द्र दरबाङमा बुधवार मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो ।

स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी र सम्बन्धित कार्यक्रमका प्रतिनिधिहरु सहभागी गोष्ठीको अवसरमा पालिकाको पोषण अवस्था सुधार गर्नका लागि खाद्य, सुरक्षा, पोषण तथा सरसफाइसम्बन्धी विभिन्न छ बुँदे प्रतिबद्धता तथा निर्णयहरु समेत गरिएको छ ।

पछिल्ला वर्षहरुमा स्वास्थ्य र पोषणका सूचकहरुमा उल्लेख्य सुधार हुँदै आएको तथ्याङ्कबाट अवगत भएता पनि अझै संस्थागत सुत्केरी, प्रोटोकलअनुसार गर्भजाँच र दुई वर्षमूनिका बालबालिकाहरुको वृद्धि अनुगमन सुधार्न थप प्रयास आवश्यक देखिएकाले आगामी दिनमा मिलन म्याग्दी र सुआहारा कार्यक्रमसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

साथै चालु आवमा मालिका–७, विम र बाँकी ६ वटा वडालाई आगामी ५ वर्षभित्र पूर्ण पोषणमैत्री, बालमैत्री, सरसफाइउन्मुख पालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिइने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी समाजमा लैङ्गिक हिंसा न्युनीकरण तथा स्वास्थ्य आमा समूह, सुनौलो हजार दिनका महिला र बालबालिकाहरुको पोषण अवस्था, स्वास्थ्य एवं सरसफाइको क्षेत्रमा जागरण अभियानलाई निरन्तरता गराउन पहल गर्ने निर्णय गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि आगामी दिनमा आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरि कार्यान्वय गरिने समेतको निर्णय गरिएको छ ।

गोष्ठीमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, शिक्षा अधिकृत अशोक रिजाल, कृषि अधिकृत शिक्षित पराजुली, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र म्याग्दी फिल्ड सुपरभाइजर बालकुमारी पुनले आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

सुनौला हजार दिनको महिला मनिसा केसीलाई जीवनको महत्वपूर्ण क्षण (कि लाइफ इभेन्ट) अन्तर्गत पोषिलो खानेकुरा प्रदान गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । गोष्ठीको समापन गर्दै गाउँपालिका अध्यक्ष गर्बुजाले पालिकाभित्र खाद्य, पोषण र स्वास्थ्यको अवस्था सुधार गर्नका लागि कृषि, पशु र स्वास्थ्य शाखामार्फत विभिन्न गतिविधिहरु सञ्चालन गरिने बताउनुभयो ।

उहाँले विषयगत शाखामार्फत प्रभावकारी रुपमा योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै कार्यक्रम कार्यान्वयनमा पालिकाका सबै जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।

गाउँपालिकाको उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले मिलन म्याग्दीमार्फत सञ्चालित सुआहारा कार्यक्रमले स्थानीयस्तरमा खाद्य, पोषण र स्वास्थ्यको अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पु¥याएको भन्दै बजारको खानेकुरा भन्दापनि गाउँघरको उत्पादन प्रयोगमा जोड गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तेजिन्द्र रानाले गर्नुभएको थियो ।

You can share this post!

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो बेनी अस्पताल

नेकपा म्याग्दीको सेक्रेटरीमा उषा घर्ती मगर

Related posts