म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले बुधबार बजार अनुगमन गरेको हो ।
दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गरिएको र पसलहरुमा मुल्य सुची नराखिएको लगायत पाइएको छ ।
म्याद नाघेका सामाग्रीहरुलाई प्याकेजिङ गरेर अन्यन्त्र व्यवस्थापन गरिएको छ भने पसल संचालकहरुलाई सामाग्री खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्न र बढी म्याद भएका सामग्रीहरु खरिद गरेर विक्रि वितरण गर्न सचेत गराइएको प्रमुख शर्माले बताउनुभयो ।
बजार अनुगमनलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । अनुगमनमा कार्यालय प्रमुख शर्मा सहित कार्यालयका अन्य दुइ जना कर्मचारी, मालिका गाउँपालिकाबाट अशोक रिजाल, म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईका अध्यक्ष लेक पुन, जिल्ला प्रशासन कार्यालयबाट गोविन्द पुन, सुरक्षाकर्मी, व्यवसायी, लगायतको सहभागिता रहेको थियो ।